नेपालमा कति रोहिंग्या शरर्णार्थी छन् यकिन गर्न गाहे छ, तर जानकारहरु काठमाडौं लगाएत देशका विभिन्न भागमा करिब पाँच सय रोहिंग्या शरणार्थी हुन सक्ने बताउँछन्। विश्वभरका मुस्लिमले हर्श र उल्लासका साथ इद मनाइरहँदा रहिम जस्तै काठामाडौंको कपनमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुको इद भने गरिवी, अभाव र परिवारको सम्झानामा बित्यो।
कपनको शिविरमा बस्ने प्राय रोहिंग्या शरणर्थीका परिवारमा वियोगका कथा छन्। करिमका आमाबुवा, श्रीमती, बच्चा बच्ची सम्पर्कमा नभएजस्तै, अरु धेरैका आफन्ताहरु पनि बङ्लादेशमा शरणार्थी जीवन विताइरहेको उनीहरु बताउँछन्।