कंचनपुरकी दुर्गादेवी पन्तले बलात्कार पछि हत्या गरिएकी आफ्नी छोरीको न्यायको लागि लडाई सुरु गरेको महिनौ भयो । यस बिच उनि न्याय माग्दै प्रहरी चौकी देखि नेता कार्यकर्ताका घरदैलोसम्म धाइन । प्रधानमन्त्री र मन्त्रीहरुसंग न्यायको याचना गरिन । आमरण अनसन बसिन्।
छोरीको मृत्युपछि विक्षिप्त बनेका उनका श्रीमान यज्ञराज डिप्रेसनको शिकार हुनपुगे । उनकी छोरी निर्मला पन्त साउन १० गते साथी रोशनी बमको घर जान्छु भनेर हिडेकी थिइन् । उनको शव त्यसको भोलिपल्ट बलात्कार गरेर मारिएको अवस्थामा भेटिएको थियो । ६ महिना बित्दा पनि प्रहरी प्रशासनले उनको छोरी कसले मार्यो भनेर भन्न सकेको छैन । पन्त परिवारले निर्मलालाई न्याय दिलाउन अझै कति दुखका पहाड चढ्नुपर्ने हो भन्न गाह्रो छ ।
निर्मला घटना र त्यस पश्चात उनको परिवारको लडाई संग प्राय नेपाली परिचित छ र उनीहरुको न्यायको मागमा देश भरका जनताको साथ समर्थन देखिएको छ ।
तर धेरैलाई थाह नहुन सक्छ निर्मला हत्या अनुसन्धानमा गृह मन्त्रालय र नेपाल प्रहरीको चरम लापरबाहीका कारण अरु धेरैले पन्त परिवारकै नियती भोग्नुपरेको छ ।
प्रहरी र चरणबद्ध रूपमा गठन गरिएका विभिन्न अनुसन्धान टोलीले आझसम्म एक हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ । यसक्रममा हजारौं फोन कलहरुमाथि नीग्रानी राखिएको प्रहरीको दाबी छ । ति मध्य केहिलाई प्रहरीले शंकास्पद गतिविधि देखिएको भन्दै थुनामा लिएको थियो।
प्रमाण बिना दोषीको बिल्ला भिराएर मिडियामाझ सार्वजानिक अहिले सम्म ७ जना ब्यक्तिहरु र उनका परिवारले ठुलो मानसिक पिडा र यातना व्योहोर्नु पर्यो । अरु धेरैले आफ्न नाम निर्मला हत्यासंग जोडिएर आउ बदनामी कमाउनु पर्यो ।
एक पछि अर्को निर्दोषमाथि जवर्जस्ती अपराध थोपार्न खोज्दा धेरैमा प्रहरीनै अपराधि जोगाउन लागेको हो भन्ने परेको छ ।
निर्मलाको न्यायका पक्षमा सडकमा शान्तिपुर्ण आन्दोलन गरिरहेका जनता माथी गोलि चलाएर पहिलेनै विश्वसनीयता गुमाइसकेको प्रहरीको छवि यसले अझै धमिलो बनाएको छ।
प्रहरीको काम अपराधीलाई सजाय दिनु त हो तर त्यो भन्दा ठूलो निर्दोषलाई जोगाउनु हो । प्रहरी बाटै निर्दोष प्रताडित हुन्छन् भने को बाट न्यायको आश गर्ने ?