बाकसमा यसरी चीन लगिँदैछ भद्र र रुपसीलाई

नेपालले चीनलाई उपहार स्वरुप दिएका दुई जोडी गैंडामध्ये एक जोडी गैंडा मंगलबार चितवनबाट काठमाडौं ल्याइएको छ। भद्र र रुपसी नाम दिइएका गैंडाको यो जोडीलाई बिहीवार विशेष कार्गो बिमानबाट चीन लगिँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार एक विशेष कार्यक्रमबीच गैंडा हस्तान्तरण गर्दैछन्। भद्र र रुपसीको जोडीलाई गोन्जाउ चेम्लोङ सफारी पार्कमा राखिनेछ।
अर्को जोडी गैंडा आगामी आर्थिक बर्षभित्रमा हस्तान्तरण गरिनेछ। नेपालले यसअघि पनि विभिन्न समयमा चीन, अमेरिका लगायत मुलुकलाई ३४ वटा गैंडा उपहार स्वरुप दिइसकेको छ।

ह्वीलचियरमा विश्वकप

रुसमा जारी विश्वकप फुटबलको लहरले सवैलाई छोएको छ । खुट्टा चल्नेमात्र हैन खुट्टा नचल्ने पनि यसको रौनकमा रमाएका छन् ।
ह्वील चियरमा जीवन अगाडी बढाउँदै आएका उनीहरुको समूह अहिले जोरपाटीको नारायणस्थित बोधीसत्व नाम गरेको संस्थामा बसेर खेलको रमाइलो लिदै छन् ।
उनीहरु खेल सुरु हुन्दा केही समय अगाडी विभिन्न ठाएँबाट आएर भेला हुन्छन् । फुटबलको बारेमा चर्चा गर्छन । एक छिन उनीहरु हातले खेलिने बास्केटबलमा रमाउँछन् ।
यहाँ २० देखि २५ ले विश्वकपको खेल संयुक्तरुपमा बसेर हेर्दे आएका छन् ।
खु्टटाले खेलीने लोकप्रिय यो खेल ह्वील चियरमा बसेर हेर्दा उनीहरुमा उत्साहको कमि छैन । न त खेल्न नसक्दा खेल प्रति उनीहरुको गुनासो नै छ ।
उनीहरु चुपचाप बसेर हैन खेलको रमाइलो लिदै हेर्छन् । गोल पोष्ट तिर बल जान थालेपछि उनीहरुको उत्साह बढ्छ । गोल भएपछि त ह्वील चियरनै हल्लीने गरी उनीहरु खुसीले चिच्याउँछन् ।
‘हामीले खेल्न नसक्नुमा फुटबलको दोष छैन,’ ह्वील चियरमा बसेर फुटबल हेर्दे गरेका नवराज कार्कीले भने, ‘हामी सुरुदेखिनै रमाएरै फुटबल हेर्देै छौ ।’
उनीहरुजस्तै खुट्टा गुमाएका कलीला नानीहरुलाई पनि फुटबलले खुसी दिएको छ ।
यहाँ भेला भएका धेरैजसो विभिन्न समयमा खु्ट्टा गुमाउने छन् । कोही मेरुदण्डका समस्याका कारण त कसैले भूकम्पमा परेर खुट्टा गुमाएका छन् । सुरुमा फुटबल खेल्दै गरेको उनीहरु मध्ये धेरैले पछि आफ्नो खु्टटाको सक्ति गुमाएका हुन् । त्यसैले उनीहरुल फुटबल खेल्दा मात्र हैन, हेर्दा पनि उत्तिकै खुसी मिल्ने सुनाउँछन् ।

प्रहरीको गाडीमा राखेर छापामार शैलीमा बालुवाटार पुर्याइयाे || उपकुलपति कोइराला

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला शनिबार साँझ विश्व संस्कृत सम्मेलनमा भाग लिन सात सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा जाँदै थिए । बोर्डिङ पास लिएर विमानस्थल भित्र पस्दै गरेका उनलाई एकाएक प्रहरीको टोलीले घेरा हालेर छापामार शैलीमा प्रधानमन्त्री निवास बालुवाटर पु¥यायो । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा बालुवाटार पुर्याइएका उनलाई किन विदेश जान रोक लगाइयो त ?

यो के.पी ओलीको सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ

काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।
प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ (प्रिकोन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता मैनालीले एकतर्फी निषेधित क्षेत्र घोषणा गरेर सरकार निरंकुश बन्न खोजेको बताए।
‘सरकार ठूल्ठूला गफ गफ गर्ने र साना कुरा नगर्ने मात्र होइन निरंकुश पनि बन्न खोजिरहेको छ, अब कहाँ जुलुस गर्ने, कहाँ प्रदर्शन गर्ने भनेर निषेध गरेको छ। त्यो ठाउँ तोक्नको निम्ति राजनीतिक दलबाट सुझाव लिनुपथ्र्यो। एकतर्फी रुपमा गएपछि नागरिक समाज, दलहरु सबैले विरोध गरे’, उनले भने– ‘हिजो मात्रै सर्वाेच्च अदालतले यसलाई खारेज गरिदियो, अब सर्वाेच्चले एकैचोटी खारेज गर्नुपर्ने निर्णय किन गर्नु? सरकार निरंकुश बनिरहेको छ।’
नेता मैनालीले अघिल्लो सरकारले सबैको सहमतिमा ल्याएको चिकित्सा शिक्षा अध्यादेशलाई पारित गर्न छाडेर विधेयक ल्याउनु गलत भएको बताए। ‘कार्यान्वयनको सम्बन्धमा लत्याएर नयाँ ल्याउनु गलत हो’, उनले भने।
उनले आफ्नो चीन भ्रमणमा प्रधानमन्त्री ओलीले लिपुलेकबारे कुरा नउठाएकोमा आलोचना गरे। भारतसँग भएको सम्झौता चीनले पुनर्विचार गर्छु भन्दा भन्दै भारत भ्रमण पछि चीन गएका ओलीले यस विषयमा कुरा नउठाउनु रहस्यमय भएको उनको भनाई थियो।
चीन भ्रमणमा सम्झौताहरु हुनु सुखद भएपनि कार्यान्वयन हुन्छन कि हुँदैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए। ‘चीनसँग जे सम्झौता भएको त्यो ठिक, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न हो। भारतमाथिको परनिर्भरता हट्छ कि हट्दैन भन्ने मुख्य कुरा हो’, उनले प्रश्न उठाए।

सुन निकाल्ने काम तर छैन माम ||

पश्चिम नेपालको बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने सोनाह जातिको पुख्यौली पेशा सुन खोज्ने हो। उनीहरु नदि किनारमा सुन खोजेरै गुजारा गर्छन। यो समुदायले खेतिपाती खासै गर्दैन। जीवन निर्वाहका लागि उनीहरु सुन चाल्छन् र नदिमा माछा मार्छन। अहिले कर्णाली नदीमा ४३ किमी लामो ड्याम बन्दै गर्दा सोनाह जातिमा अब आफ्नो पुख्र्यौली पेशाबाट पुर्ण रूपमा विस्थापित हुनुपर्ने हो कि भन्ने डर बढ्दै गएको छ। लामो समयदेखि बर्दिया राष्ट्रिय निकुञ्जबाट विभिन्न किसिमको प्रतिबन्ध र यातना सहनुपर्दा पनि यो समुदायका अधिकांश मानिस अझै पनि सुन खोजेरै गुजारा गर्छन्।

वेदको धुनमा फुटबलको उल्लास

  मुडुलो टाउकोको बीचमा लामो टुपी। सेता–पहेंला धोती, राता–निला गन्जी । नाङ्गो खुट्टा फुटबलको पछि दौडिँदै गरेका कलिला अनुहार। रुसमा जारी विश्वकप ‘फिबर’ यति बेला पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई पनि छोएको छ।

पाँच हजार वर्ष पुरानो वैदिक शिक्षा लिँदै गरेका उनीहरुले आधुनिक फुटबल खेलसँग पनि आफूलाई जोडेका छन् । हरेक बिहान वेदको धुनमा रमाउने उनीहरु विद्यालयको पढाइ सकेपछि फुटबलको उल्लासमा रमाउँछन् । बिहान शान्ति–शान्ति भन्दै मन्त्र पाठ गर्ने उनीहरु दिउँसो गोल–गोल भन्दै रमाइरहेका छन् ।‘वेदले हामीलाई शान्ति दिन्छ,’ कक्षा १० मा अध्ययनरत उमेश पोखरेलले भने, ‘फुटबलले हामीलाई खुसी दिन्छ ।’ धार्मिक व्यक्तित्वमा शंकराचार्यलाई मन पराउने उनी फुटबलमा रोनाल्डोलाई मन पराउँछन्। ‘जिते पनि हारे पनि रोनाल्डो मन पर्छ,’ उनले भने, ‘त्यसैले अहिले उनकै देशको गन्जी लगाएर खेल्दैछु।’

उनीहरु हरेक दिन बिहान ५ बजे उठ्छन्, नित्य कर्म गर्छन्, गायत्री मन्त्र जप्छन्, वेद पढ्छन्, हवन गर्छन् । विद्यालयमा परम्परागत ज्ञान र आधुनिक शिक्षा दुवै पढ्छन् । त्यसपछि फुर्सद मिलाएर फुटबल खेल्छन । आश्रममा १० देखि १८ वर्ष उमेरका ४० विद्यार्थी छन्।

गुरुकुलमा उनीहरुलाई फुटबल खेल हेर्ने व्यवस्था छैन । यसले उनीहरुलाइ केही निराश त बनाएको छ तर फुटबलको खबर उनीहरुले हरेक बिहान पत्रपत्रिकाबाट पाउँछन् । ‘बिहान उठ्नेबित्तिकै पत्रिका नियाल्छौं,’ कक्षा ७ मा अध्ययनरत १३ वर्षीय रोजश पराजुलीले भने, ‘पत्रिकाबाटै हामीले सबै थाहा पाउँछौं ।’ उनी जापानको खेल मन पराउँछन् । उनलाई मनपर्ने खेलाडी पनि जापानकै होन्डा हुन् । गुरुकुलको नियमका कारण मन पर्ने खेलाडीलाई टिभीमा हेर्न नपाए पनि गुनासो भने नरहेको उनले सुनाए । सन् २०२२ को विश्वकप भने टिभीमा हेर्ने रहर छ उनको । ‘त्यति बेला म गुरु कुलभन्दा बाहिर हुन्छु,’ उनले भने, ‘अनि टिभीमा लाइभ फुटबल हेर्छु ।’

आधुनिक जर्सीमा सजिएर गोटीवाला जुत्ता लगाएर खेलिने खेल उनीहरुले परम्परागत पहिरनमै खेलेका छन् । कोहीकोहीले भोटोको ठाउँमा मन परेको देशको जर्सी लगाए पनि जुत्ता भने कसैले लगाउँदैनन् । ‘धोती लगाउँदा पनि हामीलाई खासै अप्ठेरो हुँदैन,’ कक्षा ८ मा अध्ययनरत हरिशरण न्यौपानेले भने, ‘बरु सजिलै हुन्छ ।’ फुटबल खेल्दा खुसी मिल्ने भएकाले खुट्टा नदुख्ने उनले सुनाए । मेसीका फ्यान उनी अर्जेन्टिना हारे पनि दुःख नलागेको सुनाउँछन् । ‘हारजित त भइहाल्छ नि,’ उनले भने, ‘अब अगाडि राम्रो गर्छ भन्ने आशा गरेका छौं।’

‘खासमा विद्यार्थीलाई अष्टमी र प्रतिपदाको बिदामा खेल खेल्ने अवसर हुन्छ, ‘विद्यालयका शिक्षक अशोक पौडेल भन्छन्, ‘तर अहिले फुटबलको समय भएकाले कक्षा सकिएलगत्तै आँखा छलेर भए पनि खेल्न थालिहाल्छन्।’ खेलकुदले उनीहरुलाई खुसी दिने पौडेलले सुनाए। ‘परम्परागत ज्ञान र आधुनिक खेल दुवैमा उनीहरु रमाउँछन्,’ उनले भने, ‘डन्डीबियोमा पनि रमाउँछन्, फुटबलमा पनि खुसी हुन्छन् ।’

उनीहरु टिम बनाएर खेल्छन् । नाम पनि रमाइलो राख्छन् । कहिले ढुंगा–माटो, कहिले बर–पिपल । कहिले रोनाल्डो र मेसी टिम त कहिले बाल्मीकि र शंकराचार्य । ‘आज बरले पिपललाई हरायो,’ कक्षा ८ मा अध्ययरनत श्रीधर बडालले भने, मंगलबार नागरिकसँग भने, ‘जित्दा पनि हार्दा पनि उत्तिकै खुसी लाग्छ ।’

सुशीला कार्कीको प्रश्न : मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको ?

काठमाडौं– नागरिक अगुवाहरुले माइतीघर लगायत सार्वजनिक स्थानमा सरकारले लगाएको निषेधाज्ञा पञ्चायतकालिन शैलीको निरन्तरता भएको बताएका छन्। साथै मेडिकल कलेजमा व्यापार गर्नेगरी सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्।

सोमबार ललितपुरमा सार्वजनिक सरोकार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले दशकौ लगाएर स्थापित लोकतन्त्रिक ब्यवस्थाको अहिलेको सरकारले उपहास गरेको टिप्पणी गरिन्।

राजनीतिक दलहरु सत्ताको हावापानी लागेपछि बदलिएको भन्दै कांग्रेस नेताहरु गंगामाया अधिकारीलाई भेट्न गएको बिषयलाई समेत कटाक्ष गरिन्। आफू सत्तामा हुँदा वास्ता नगर्ने तर सरकार बाहिर हुँदा दोहोरो चरित्र देखाउने गरेको उनको आरोप छ।

जनताका छोराछोरीबाट महंगो शुल्क लिएर सरकारले व्यापार गर्न खोजेको आरोप लगाउँदै उनले मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरिन। सरकारले तत्काल माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनको माग छ। ‘५०/६० लाख खर्च गरेर चिकित्सक बन्न पर्ने अनि २० हजार तलबमा काम गर्न पर्ने सरकारको यो कस्तो नीति हो?’ उनले प्रश्न गरिन्।

नन्दमाया अधिकारीलाई रातमा सम्झेर आफू झस्किने गरेको सुनाउँदे कार्कीले उनको साहसलाई उच्च सम्मान गर्दै तत्काल न्याय दिलाउन सरकारसँग माग समेत गरिन। ‘न्याय नपाएर गोरखाबाट सिंहदरबार आइपुगेकी अबला नारीलाई सरकारले भिमेसन थापाकी श्रीमतीलाई झैँ गरेर नंग्याउन खोजेको छ’, उनले भनिन्, ‘सरकारलाई एउटी नारीले दिएको यो चुनौतीले ग्लानी हुनपर्ने हो।’

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले जनताको आवाज प्रस्फुटन गर्ने स्थललाई निषेधित क्षेत्र घोषणा गर्नु पञ्चायती शासनको झल्को भएको भन्दै सरकारको आलोचना गरे। दश बर्षसम्म शिक्षा स्वास्थ्य जस्ता आधारभुत मुद्दालाई जनमैत्री बनाउने भन्दै युद्ध लडेर आएकाहरु नै अहिले जनताविरुद्ध उत्रिएको उनको आरोप छ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

काठमाडौं–शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्याँस निकालिएको छ। बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ।यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा पनि सदुपयोग गरिएको छ।

अस्पतालजन्य फोहोरको संक्रमणको जोखिम अत्यधिक रहन्छ । शिक्षण अस्पतालको नयाँ प्रयोगलाई अन्य अस्पतालले पनि पछ्याउनु जरुरी देखिन्छ।

शिक्षण अस्पतालले बायो ग्याँस उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो। फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो।

जलमग्न वीरगञ्ज ||

दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताउनुभयो । उहाँले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर÷घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताउनुभयो । एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत नौ आउटलेट ९निकासी हुने ठूला नाला० मध्ये ६ वटाको निर्माण भइसकेकाले जम्मा भएको पानी वर्षा बन्द भएको केही वेरमै बगेर जाने अधिकृत श्रेष्ठको भनाइ थियो । पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् । पसार्गढी नगरपालिकामा २ जनाके मृतयु भएके छ |

हामी दिनहुँ १५ रुपैयाँको पानीजहाज चढेर संसदमा आउँछौ’ (प्रकाश रसाईली)