काठमाडाैं कोरा || Kathmandu Cora

शनिबार बिहान पाटन ढोकामा करिब ३ हजारको संख्यामा कोरा साइकल र्याली शुरु भएको छ।

बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। र्यालीमा ९ वर्षीय बालक देखि ७० वर्षीय वृद्धाको सहभागिता थियो। साथै उल्लेखीय संख्यामा विदेशी युवा युवती समेत उपस्थिति छन्।

र्याली शुरु हुनु अघि पूर्व राष्ट्रिय साइकल यात्री स्वर्गीय नारायण गोपाल महर्जनको स्मरणमा सहभागिले एक मिनेट मौन धारण गरेका थिए।

र्यालीको सुरुवात १०० किलोमिटरका धावकहरूलाई पूर्व प्रधान सेनापति गौरव शम्सेर राणाले रास्ट्रिय झन्डा फहराएर हौसला प्रदान गरेका थिए।
राणा आफैं तीन वर्षदेखि र्यालीमा सहभागिता जनाउदै आएका छन्।
“सबैको स्वास्थ्य सुधार गर्न र प्रदुषण नियन्त्रण गर्न यस्ता र्यालीले धेरै महत्व राख्छन” ६३ वर्षीय राणाले भने।
आफूले साइकल कुदाउन सकुन्जेल कोरा साइकल र्यालीमा सहभागी हुने राणाले बताए।

पाटन दरबारबाट शुरु भएको यात्रा किर्तिपुर, चोभार, नैकाप, स्युचाटार, स्वयम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगीनेछ।

अमेरिकी नागरिक चाल्र्स विगत २ महिनादेखि काठमाडौंमा छन्।
फेसबुकमा सूचना देखेर र्याली सम्म आइपुगेका २८ वर्षीय चाल्र्सले महर्जनप्रति सम्मान ब्यक्त गर्न चाहेको बताए।

र्यालीमा पूर्व साइकल च्याम्पियन लक्ष्मी मगर पनि लिडरको रुपमा सहभागिता जनाउदै छिन्। उनी कोरा साइकलको सुरुवातबाटै सक्रिय रुपमा सहभागी छिन्।
सर्वसाधारणलाई साइकल सम्बन्धी चेतना जगाउनसके उपत्यकामा प्रदुषण कम हुने उनी बताउछिन्।

कोरा साइकल र्याली एकैसाथ बुटवल, धरान र पोखरामा पनि संचालन भइरहेको आयोजकका एक सदस्य राजले बताएका छन्।
काठमाडाैं कोरामा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। यसमा नव प्रवेशी हुन्छन्।

७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन्।

उपत्यकामा कुकुरै कुकुर

घटना – १
१० वर्षीय साजन राय मैतिदेबी बस्छन्।
कक्षा ३ मा पढ्दै गरेका साजनलाई विद्यालयबाट फर्कने क्रममा कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै घर पुगेका उनलाई नजिकै रहेको निजी क्लिनिकमा लगेर टिटानासको सुई लगाइयो।
अर्को दिन बिहानै साजनलाई उनकी आमाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएर रेबिज विरुद्धको सुई लगाइन।
अहिले उनी छोरालाई बाँकी दुई चरणका सुई लगाउन अस्पताल धाइरहेकी छिन्।

घटना – २
कागजको मार्केटिङ गर्ने ३२ वर्षीय सन्तोष मोक्तान कपन बस्छन।
विभिन्न ठाउँ पग्नु उनको दैनिकी हो। अघिल्लो महिना उनलाई पुरानो बानेश्वरको एक निजी कार्यालयमा पुग्दा गेट छेउमा बाँधिएको कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै उनी तुरुन्तै टेकु अस्पताल पुगे र उपचार गराए।

घटना–३
मंगलबार शुक्रराज अस्पताल स्थित रेबिज विरुद्धको खोप लगाउने कक्षमा लामो लर्को थियो। पूर्जी लिएर लाइनमा बस्नेदेखि पाखुरामा रुवाको टुक्रो राखेर फर्कदै गरेका सम्म।
ति मध्येकै एक हुन् गोपाल अधिकारी जसलाई केहि दिन अघि बाइक चलाइरहेको अवस्थामा कुकुरले टोक्यो। उनी तत्कालै टेकु अस्पतालआएर चिकित्सकको परामर्शमा उपचार गरिरहेका छन।

यतिबेला टेकुस्थित शुक्रराज ट्रपिकल रोग तथा उपचार केन्द्रमा कुकुर र बादरले टोकेका, चिथोरेका र नङ्ग्र्याएका बिरामीहरुको लामो लाइन लागेको छ।
जथाभावी छाडा छोडिएका र भुस्याहा कुकुरको बिगबिगी यत्रतत्र देखिन्छ।
उपत्यकामा रेबिज विरुद्धको खोप निशुल्क पाइने यो एकमात्र केन्द्र हो।
गर्मी याममा प्राय मानिस र जनावर दुबैको चहलपहल बढ्ने हुँदा हरेक दिन २००–३०० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्क शाखाका अधिकारी शम्भु खड्काले बताए।
चालू आर्थिक वर्षको जेठसम्मको तथ्यांक हेर्दा कुल ४० हजार ८ सय १ बिरामीले रेबिज विरुद्धको खोप लगाइसकेका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ११ हजारले बढी हो।
अघिल्लो आर्थिक वर्षमा कुल २९ हजार ३ सय ९ जना उपचारका लागि आएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर वर्सेनी करिब ५५ हजार व्यक्तिको रेबिजको कारणले गर्दा मृत्यु हुन्छ।

जनावरको टोकाइमा पर्ने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका हुन्छन्।
नेपालमा वर्सेनी करिब ४० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइमा पर्छन् भने २ सयको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ।

प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।

डा.केसीको पक्षमा काठमाडौमा र्याली

काठमाडौं– जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्याली गरेका छन्। चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनमा बसेका डा.केसीका मागको सुनुवाई गर्न र उनको जीवन रक्षा गर्न दवाव दिने उद्देश्यले नेपाल चिकित्सक संघको अगुवाईमा र्याली गरिएको हो । र्यालीमा विवेकशिल साझाका कार्यकर्ता, पूर्व स्वास्थ्यमन्त्री गगन थापा लगायत अन्य समर्थकहरु सहभागी भए। नयाँ बानेश्वरमा आयोजि सो र्यालीमा नागरिक अगुवा, चिकित्सक, विभिन्न पेसा वा व्यवसायीहरु सहभागी भए।

राज्यले मलार्इ अपहरण शैलीमा उठाउन खाेज्याे : डा केसी

  २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफूलाई राज्यले अपहरण शैलीमा उठाउन खोजेको भन्दै आफ्नो मानव अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन् ।

 बिहिवार उनलाई राज्यले जबरजस्ती उठाएर काठमाडौँ लैजाने तयारी भएको भन्ने जानकारी पाएपछि डा. केसीले राज्यले आफ्नो आन्दोलन तुहाउन गुण्डागर्दी शैलीमा राज्य प्रस्तुत भएको बताए ।

 बिहिवार पत्रकारहरुलाई अडियो सम्बोधन गर्दै डा. केसीले भने ‘राज्यले मेरो मानवअधिकार खोस्न पाउँदैन, गुण्डागर्दी चल्दैन,सुनेको छु मलाई राज्यले अपहरणशैलीमा जुम्लाबाट उठाएर लैजाने तयारी गरिरहेको छ रे ।’ जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य उपचारका लागि भन्दै सरकारले काठमाडौँ लैजाने अन्तिम तयारीमा गरेको स्थानीय प्रशासन स्रोतले जानकारी दिएको छ ।

 तर डा. केसीले जुम्लामा आफ्नो उपचार प्रभावकारी भएको भन्दै उपचारको बहाना देखाएर आफूलाई राज्यले अपहरण गर्न खोजेको बताए ।

 ‘म चन्दननाथबाबाको पवित्र काखमाअनशन बसेको छु,’डा. केसीले भने ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकहरूले मेरो राम्रो हेरचाह गरिरहनु भएको छ, मेरो उपचारको चिन्तालाई कारण बनाएर हाम्रो सत्याग्रहलाई तुहाउन खोजिँदै छ ।’ उनले वर्तमान सरकार माफिया  र अधिनायकवादलाई पोस्नतिर उन्मुख रहेको भन्दै यो सरकारको अधिनायकवादकाे विराेधमा जनताको जीत हुने विश्वास समेत दिलाए ।

सडकमा मोटरसाइकलको राज

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्।एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त काठमाडौंका अनुसार गत वर्ष राजधानीमा १०३५९ सडक दुर्घटना भएकोमा ३७०० दुर्घटना मोटरसाइकलसँँग सम्बन्धित थिए। आर्थिक वर्ष २०७४÷७५ को जेठ मसान्तसम्म काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परेर ९७ जनाले ज्यान गुमाए।

सार्वजनिक यातायात सहज नहुनु, मुख्य सडकमा मात्रै सीमित हुनु  लगायतका अन्य कारणले सर्वसाधारण नेपालीमा मोटरसाइकल प्रतिको आकर्षण बढ्दो छ। तथ्याङ्क अनुसार काठमाडौंमा ८ लाख सहित देशभर २४ लाख भन्दा बढी मोटरसाइकल प्रयोगमा छन्। गत आ.व.मा मात्र नेपालमा प्रत्येक दिन करिब ९७० मोटरसाइकल भित्रिए।बढ्दो खपतसँगै मोटरसाइकलमा लगाइएको सवारी कर राज्यका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ।

Support pours in for Dr Govinda KC as govt remains indifferent

Dr. Govinda K.C.’s fast unto death had begun for the fifteenth time on June 30 after the Government failed to meet his demands yet again. Prime Minister K.P Oli had deemed the doctor’s demands impractical, choosing to be apathetic towards his consistent indefinite hunger strikes.

The doctor, who is currently in Jumla is on his sixteenth day of his indefinite hunger strike. His health has degraded: he fell unconscious twice on Thursday night. He is reported to have insufficient blood circulation in the brain, and low glucose and oxygen level in his body. His deteriorating health forced the Government to decide on forcefully airlifting him. However, K.C.’s supporters are set on foiling this plan.

कसले उचाल्ला विश्वकप २०१८ को उपाधि ?

रसिया विश्वकपको फाइनल खेल शुरु हुन केहि समय बाँकि रहदा नेपाली दर्शकले दिएको प्रतिक्रिया । रसियामा हुँदै गरेको फिफा विश्वकपको आजको फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दैछन । विश्वकपको रौनकले नेपाली दर्शक र खेलप्रेमिलाई पनि एक महिना यता छपक्कै छोपेको छ ।

प्रधानमन्त्री ज्यू चिकित्सा शिक्षा पानीजहाज जस्तो होइन : गगन थापा ||

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशनरत प्राडा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा भोकै बस्ने कसैलाई रहर हुँदैन, नागरिक स्वतन्त्रताको सम्मान गर लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो। र्‍यालीमा कांग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, प्रा. केदारभक्त माथेमा लगायतको सहभागिता थियो।

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि…

अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै भए। सुरक्षाकर्मीले कपितयको उद्धार गरे। सडकपनि जलमग्न भयो। जताततै पानी मात्रै देखिन्थो। यहि डुबान क्षेत्रमा भेटिए– लुमनीदत्त पराजुली।
विहान साढे सात बजे पानी पस्दा उनी घरभित्रै थिए। उनको घरमा आज आमाको श्राद्धको दिन थियो। खाना बनाउने, अचार बनाउने धमाधम तयारी थियो। एक्कासी आपत आइलाग्यो। निकाल्ने, पकाउने कुरा केही भएन। सबैतिर पानी पस्यो। उनका ज्वाइले उनलाई र उनकी श्रीमतीलाई बोेकेर माथिल्लो तलामा लगे। पानी यताबाट आउने बित्तिकै लौ के गर्ने भनेर सोच्दा सोच्दै सबै भित्र पसिहाल्यो। उनीहरुले बाहिर निस्कने मौका नै पाएनन्। उनलाई दुई जानाले बोकेर छतमा लगे। खाना पनि माथि नै खाए उनले। उनी भन्छन्– ‘यही जिउ मात्र बाँकी छ, अरु सबै पानीले डुबायो।’
यो लुमनीदत्त पराजुलीको मात्र हैन, डुबान क्षेत्रमा परेका सयौको साझा कथा हो।

England Vs Croatia | Match Highlights | World Cup 2018

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो।

क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णाएक बन्न पुग्यो ।  मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो।

पहिलो हाफको शुरुवातमै इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि अग्रता जोगाउन नसक्दा ५२ वर्षपछि विश्वकपको उपाधि जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो । पहिलो हाफको ५ औं मिनेटमा इंग्ल्याण्डका कायरन ट्रिपियरले २० यार्ड टाढाबाट फ्रि किक मार्फत प्रहार गरेको बल गोलमा परिणत भएको थियो। पहिलो हाफको सुरुवाततर्फनै इंग्ल्याण्डले अग्रता बनाएपछि दबाबमा आएको क्रोएसियाकालागि पेरिसिचले १९ औं मिनेटमा गरेको कडा प्रहार गोलपोष्ट नजिकैबाट वाहिरिन पुगेको थियो।

दबाबमा रहेको क्रोएसियाले पहिलो हाफमा बराबरी गोल गर्ने खासै अवसरहरु सिर्जन गर्न नसक्दा इंग्ल्याण्डले भने अग्रता दोब्बर पार्ने केहि अवसर प्राप्त गरेको थियो।  १५ औं मिनेटमा ट्रिपरको बलमा मागुयरले हेड मार्फत गरेको प्रयास गोल पोष्टको नजिकैबाट वाहिरिदा केनले भने दुई पल्ट गोलकालागि प्राप्त गरेको अवसरमा अफसाइड हुन पुगे।

दोश्रो हाफको सुरुवातदेखिनै खेलमा फर्कन संघर्ष गरिरहेको क्रोएसिया ६८ औं मिनेटमा सफल हुन पुग्यो । क्रोएसियाकालागि इभान पेरिसिचले बराबरी गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसअघि ६५ औं मिनेटमा क्रोएसियाका पेरिसिचलेनै गरेको प्रहार इंग्ल्याण्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाव गरेका थिए भने ७२ औं मिनेटमा पेरिसिचले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कदाँ क्रोएसिया खेलमा अग्रता बनाउन बाट चुकेको थियो ।

यस्तै ८३ औं मिनेटमा क्रोएसियाका मान्डजुकिचले गरेको कडा प्रहार समेत इंग्ल्याण्डका गोलरक्षकले बचाउँदा खेल अतिरिक्त समयतर्फ धकेलिन पुगेको थियो । पहिलो हाफको तुलनामा क्रोएसियासामु कमजोर देखिएको इंग्ल्याण्डले दोश्रो हाफमा गोलका लागि खासै अवसरहरु सिर्जन गर्न सकेन भने क्रोएसिया एकपछि अर्को आक्रमण गर्दै अगाडी बढेको थियो।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलको १ सय ९ मिनेट क्रोएसिया भाग्यशाली सावित भयो। क्रोएसियाकालागि इभान पेरिसिचले उपलब्ध गराइदिएको बलमा मान्डजुकिचले ६ यार्ड बक्सबाट उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकप फाइनल सम्मको यात्रा तय गराए ।

इंग्ल्याण्डलाई हराउँदै फाइनल प्रवेस गरेको क्रोएसियाले उपाधीकालागि आइतबार नेपाली समयअनुसार पौने ९ बजे मस्को स्थित लुज्निकी रङ्गशालामा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ । त्यसअघि तेश्रो स्थानकालागि शनिबार हुने खेलमा इंग्ल्याण्ड र बेल्जियम भिड्नेछन्।

भक्तपुरमा डुबान

भक्तपुर – बुधबार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी  एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ।  मृत्यु हुनेहरूमा ७० वर्षीया हीरा लामा,
६५  वर्षीया दानमाया र दुई वर्षीया सम्पदा लामा रहेका छन् । उद्दार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ। बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रको जल सतह बढेपछि खोला छेउछाउ बस्नेहरु विस्थापित भएका छन्।

डुबानले च्याम्हासिहंबाट जगाती जने पुल आसपासका क्षेत्र, महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण रातिदेखि अवरुद्ध भएको जगातीदेखि च्याम्हासिंहसम्मको मोटरबाटो बिहान साढे आठ बजेदेखि खुलेको छ।

त्यसैगरी निकोसेरा राधेराधे क्षेत्र पनि डुवानमा परेको छ । अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय यस बढीबाट बढी जोखिममा परेका छन् । बाढी टहरामा पसेदेखि उनीहरु रातिदेखि नै जाग्राम छन्। डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ।

यहाँका स्थानीय अस्पतालहरु पनि डुबानमा पर्दा उपचाररत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको मात्र नभई अस्पतालको पहिलो तल्लाको बिरामी राख्ने वेडसमेत डुबानमा परेपछि अस्पतालको आकस्मिक र नियमित सेवा अबरुद्ध भएका छन् ।