टोलटोलमा अवैध बोरिङ

काठमाडौं उपत्यकाभित्र अवैध रूपमा ड्रिलिङ गरी नौ सय बोरिङ सञ्चालनमा रहेको पत्ता लागेको छ । नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक प्रविधिमार्फत पत्ता लगाएको हो । बोर्डका इन्जिनियर बोधराज दाहालका अनुसार उपत्यकाभित्र बोरिङका लागि १२ सयभन्दा प्वाल पारिएको छ । बोर्डसँग उपत्यकाभित्रका जुनसुकै स्थानमा जमिनमा गहिरो प्वाल पारिएको पत्ता लगाउने प्रविधि छ ।
गत साउन मसान्तसम्मको तथ्यांकअनुसार तीन सय ३३ बोरिङ दर्ता भई नवीकरण भएका छन् । कतिपयले दर्ताका लागि निवेदन दिएर मापदण्ड नपुगेकाले फाइल अड्किएको छ । नौ सय बोरिङमध्ये केही दर्ता गरिएका छैनन् भने केही बोरिङ घरेलु प्रयोजनका लागि दर्ता गर्नु नपर्ने मापदण्डभित्र पर्दछन् ।
उपत्यकाभित्रका सरकारी निकाय, उच्च पदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालन भइरहेका छन् । सिंहदरबारभित्र गरिएको बोरिङ दर्तामा छैन । ठमेलस्थित मिनि छायाँदेवी कम्प्लेक्समा बोर्डका इञ्जिनियर पुगेर दश दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ ।
शक्तिको दुरुपयोग गरी जथाभाबी बोरिङ गर्नेलाई बोर्डले छुन नसकेको अवस्था पनि छ । पूर्व सेनापति क्षेत्रीले निवासस्थानमा बोरिङ गर्दा स्थानीयले सम्बन्धित निकायमा उजूरी गर्दा सुनुवाई भएको थिएन । बोरिङ गरेर दर्ता गर्ने तर नवीकरण नगर्नेहरुको संख्या उत्तिकै छ । सरकारी निकायमै यसमा अगाडि छन् । शहरी विकास मन्त्रालय अन्र्तगतका कार्यालहरुले बोरिङ गरेर दर्ता गरे तर नवीकरण गरेनन् । अमेरिकी र जापानी दूतावासले गरेको बोरिङ दर्ता प्रक्रियामा आएपनि नवीकरण गरेका छैनन् । बोर्डले यीनलाई नवीकरणका लागि घचघच्याउन सकेको छैन ।

नियमानुसार घरेलु प्रयोजनका लागि ३० मिटरसम्म ड्रिल गरिएको बोरिङ दर्ता गर्नुपर्दैन । तर, काठमाडौं उपत्यकामा दर्ता नगरी एक सय मिटरभन्दा तल ड्रिल गरी पानी निकाल्नेको संख्या बढ्दै छ । जथाभाबी गरिने बोरिङले जमिनको अवस्थामा समस्या ल्याउन सक्छ । जमिन भासिने खतरासमेत आउन सक्छ । भूगर्भविद् प्राध्यापक लालुप्रसाद पौडेलका अनुसार माटोमात्र भएको स्थानमा बोरिङ गर्दा भ्वाङ पर्ने खतरा आउँछ । वर्षायाममा पानी जमिनभित्र रिचार्ज हुँदैन । यस्तो अवस्थामा बोरिङले धेरै पानी तान्दा जमिनभित्रको पानीको सतह घट्न जान्छ । पौडेल भन्छन्, ‘बोरिङमा तोकिएको भन्दा बढी पानी तान्दा जमिनभित्र समेत पानीको संकट पर्न जान्छ ।’ वातावरणविद् डा. नरेश रिमाल जभाभावी जमिनमा प्वाल पारेर बोरिङ गर्दा भविष्यमा नकारात्मक असरहरु देखिनथाल्ने बताउँछन् । उनी भन्छन्,‘ जथाभावी ड्रिल गर्दा जमिन खस्ने सम्भावना रहन सक्छ ।’
बोर्डका इन्जिनियर दाहाल बोरिङको स्वीकृति दिँदा मासिक कति पानी निकाल्ने भनी मापदण्ड तोकिएको बताउँछन् । तर, त्यसको अनुगमन नहुँदा बोरिङ अनुमति लिएभन्दा धेरै गुणा बढी पानी निकाल्ने प्रवृत्ति छ । अनुमति लिने कतिपय कम्पनीको स्वीकृत परिमाण केलाउँदा पनि अनियमितता भएको देखिन्छ । कतिपय खानेपानी उद्योगदेखि अपार्टमेन्टहरूले मासिक दुई लाख लिटर पानी निकाल्ने सर्तमा स्वीकृति लिएका छन् ।
ज्ञानेश्वरस्थित अर्पाटमेन्ट श्री युनिवल्र्ड इन्फ्रास्टकचर प्रालिले मासिक १० हजार लिटर तथा नर्भिक इन्टरनेसनल र बयोधा अस्पतालले ५० हजार लिटर पानी निकाल्ने गरी बोरिङ सञ्चालन स्वीकृति लिएका छन् । ठूलो परिमाणमा पानी खपत हुने त्यस्ता कम्पनीले दर्ता अनुमति लिँदा चढाएको खपत मात्रा अपत्यारिलो छ । इन्जिनियर दाहाल मिटर जडान गरी नियमन गर्न थालिएको बताउँछन् । तर, यसको कार्यान्वयन फितलो छ । एउटै खानेपानी उद्योगले धेरै ठाउँमा बोरिङको स्वीकृति लिएका छन् । सबैभन्दा बढी व्यावसायिक प्रयोजनका लागि ९२, हाउजिङका लागि ७०, आन्तरिक प्रयोजनका लागि ६५ वटा बोरिङ सञ्चालनको अनुमति लिइएको छ । यस्तै होटलका लागि ३६, विभिन्न संस्थाका लागि ३१ र अस्पतालका लागि भन्दै १५ वटा बोरिङ सञ्चालनको अनुमति लिइएको छ । वार्षिक २० हजार रुपैयाँ तिरेर बोरिङ अनुमति र नवीकरण गर्नेहरूलाई भविष्यमा मिटर जडान गरी शुल्क निर्धारण गर्ने नीति बोर्डको छ ।
दर्ता प्रक्रियामा आउने भन्दा दर्ता प्रक्रियामा नआउनेको क्रियाकलाप झन् खतरनाक छ । जथाभाबी बोरिङको पानी निकाल्नेहरूले भूबनोटलाई ध्यान दिएका छैनन् । ललितपुरको महालक्ष्मी नगरपालिका—८ मा ग्यास र औषधि कम्पनीले बोरिङ गरेका छन् । दर्ता नै नगरी बोरिङ गर्ने यस्ता कम्पनीका कारण त्यस क्षेत्रको पानीको मूलमा समस्या आइसकेको छ । सयौं मिटर ड्रिल गरेर बोरिङ गरेकाले पानीको समस्या आइसकेको छ । त्यस क्षेत्रका इनार सुक्दै गएका गुनासा आउन थालेका छन् ।

सम्झनामा साहना

सहाना प्रधान प्रतिष्ठानद्वारा चौथो स्मृति सभा मनाइएको छ । स्मृति सभामा नेकपा पार्टी कार्यालय धुम्वाराहीमा मनाइएको हो । स्मृति सभामा प्रधानमन्त्री सहति सबै वरिष्ठ नेताहरुको उस्थिति रहेको थियो ।

पानी हालेर गाडी चल्दैन : महासचिव सिटाैला

सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीहरुलाई निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन्। पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता वा उचीत भाडा समायोजन नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीहरुले अडान लिएका छन्। यसै विषयमा हामीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग कुरा गरेका छौं।

निर्मलाको शव जलाउन एसपी बिष्टको यस्तो प्रपन्च   

हाल निलम्बनमा परेका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको शव जलाउन निकै दवाब दिएको उनका  अभिभावकले खुलासा गरेका छन् ।
कंचनपुरका तत्कालिन सिडिओ कुमार बहादुर खड्का र एस पी बिष्टले त्यसपछि नाताले आफ्नो साला पर्ने तिर्थ राज भण्डारीको सहारा लिएर शव जलाउन दवाब दिएको निर्मलाको बुबा यज्ञ राज पन्तले बताए  ।
आफुले केही गर्दा पनि नमानेपछि आफुलाई पागल घोषित गरेर १४ गते निर्मलाको शव जबरदस्ती जलाईएको निर्मलाका बाबुको आरोप छ  ।  साउन १० गते साथी रोशनीको घर जादा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घरबाट केही टाढाको उखुबारीमा भेटिएको थियो ।

“सात देखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने”

समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।
समाजमा श्रृंखलाबद्ध रुपमा भैरहेको बलात्कार र आराधिक क्रियाकलापले सर्वसाधारणमा एक किसिमको त्रास फैलिएको छ। त्यसमा पनि कञ्चनपुरकी निर्मला हत्या काण्डपछि प्रहरी र सरकारमाथि जनविश्वास घट्दै गएको पाइन्छ। घटना बढेको हो वा भैइरहेका घटना बाहिर आएका हुन् यसमा धेरै ठूलो बहस भैइरहेको छ।
मनोविद् करूणा कुवँरका अनुसार बलात्कृत किशोरी होस् वा महिला सबैभन्दा पहिले बलात्कार पछि बलात्कृत व्यक्तीले कानुनी उपचार भन्दा पनि परिवार र समाजिक सुरक्षा खोज्ने गरेको छ।
अपराधशास्त्री तथा अनुसन्धान विज्ञ डा. कृष्ण कुमार तामाङले हाडनाता बलात्कार बढ्नुमा आफैले पनि सजकता अपनाउन सकिने बताए। अवकाश प्राप्त सशस्त्र प्रहरी एआइजी समेत रहेका तामाङले अभिभावकले ‘सातदेखि १० वर्ष सम्मका बच्चा अर्थात दाजुभाई, दिदीबहिनीलाई सँगै सुताउन नहुने सुझाव दिँदै दिदीबहिनी, दाजुभाईमा आत्मीय प्रेम भए पनि विपरित लिङ्ग भएका कारण एकअर्कासँग आकर्षित हुने बताए।
अपराधिक गतिविधि किशोरावस्थाबाटै नै शुरु हुने गरेको भन्दै मनोविद् तथा अपराधशास्त्रीहरु आमाबुवा बीचको व्यवहारले पनि बलात्कारी वा अपराधी हुने बताउँछन्।

छिया–छिया सीमा सडक

भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो ।
२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोवार हुने यो प्रमुख नाका बन्द छ। त्यसयता नाका जोड्ने राजमार्गको मर्मत, सम्भार भएको छैन। नाकासँगै उपेक्षामा परेको राजमार्ग दिनप्रतिदिन खण्डहरमा परिणत भइरहेको छ।
बाह्रसविसे–तातोपानी खण्डको दर्जनौँ स्थानमा भाटेकोसी नदीको कटान र पहिरोको विनाशलीला मात्र देखिन्छ। विगत झैं यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध रह्यो। सडक बन्द भइ आवतजावत गर्न नपाउँदा बर्खामा लगातार तीन वर्षदेखि स्थानीय गाउँमै थुनिन बाध्य भए ।
१ सय १४ किमी राजमार्गको बाह्रविसेदेखि नै सुरु हुन्छ सडकको दुरावस्था र बाढी पहिरोको विनाशलीला। २०७३ बर्खाको भाटेकोसी बाढीले यो खण्डमा ठूलो क्षति पु¥यायो । बाढीले ठाउँ–ठाउँमा व्यापक सडक कटान ग¥यो भने माथिबाट खसेको पहिरोले थप क्षति पु¥यायो। गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो । त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन । गत वर्ष पहिरोले लार्चा पुल दुई टुक्रा बनाएको थियो ।
बाह्रविसेमाथि भोटेकोसी गाउँपालिकामा झण्डै ३० किमी सडक नयाँ ट्रयाक नै खन्नुपर्ने गरी छिया–छिया छ । तिब्बत जोड्ने मितेरी पुलसम्मै दर्जनौँ स्थानमा गएको पहिरो र नदी कटानले सडकको बेहाल छ । राजमार्गको बसेरी, बोर्डरल्याण्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजार लगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो छन् । तिनै स्थानमा भोटकोसी नदी कटान तीव्र छ । बर्खाको खहरै सडकमै बहिरहेको छ ।
तातोपानी–लिपिङ सडक सम्पर्क टुटेको दुई वर्ष बितिसकेको छ । २०७३ को भोटकोसी बाढीले चार किमी यो खण्डको अधिकांश सडक कटान गरेको थियो । कटानसँगै माथिबाट जमिन बग्दा सडक नै हराएको छ । त्यहाँ सडक ट्रयाक खोल्ने ठाउँसम्म छैन । स्थानीय ठाउँ–ठाउँमा काठ मुढा र फल्याक बिछ्याएर हिँड्न बाध्य छन् । यहाँको यात्रा गर्नु पर्दा राम नाम पुकार्नुपर्ने बाध्यता छ ।

यस कारण बम दिदीबहिनी माथि शंका लाग्यो : निर्मला पन्तका अभिभावक

बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तकी आमा दुर्गा देवी पन्तले निर्मला हराएपछि रोशनी बमले भनेका केही अमिल्दा कुराले आफुलाई बम दिदी बहिनी माथि संका लागेको खुलासा गरेकी छिन  ।
साउन १० गते साथी रोशनीको घर जादा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घर बाट केही टाढाको उखुबारीमा भेटिएको थियो ।
पन्त र उनका श्रीमान यज्ञराजले आफुहरुलाई बम दिदीबहिनी कारण यसरी सुनाए ।

चाडपर्व आउदै गर्दा महंगीको मारमा सर्वसाधारण

नेपालीहरुको महान चाड दशैं नजिकिए सँगै राजधानीको अशनमा किनमेल गर्नेको चहल पहल निकै नै बढेको देखिन्छ।
चाडपर्वको बेला खाधान्न सामाग्री,लत्ता कपडा लगायत दैनिक उपभोग्य बस्तुहरुमा हुने मनपरी मुल्यबृद्धिले उपभोक्ताको ढाड सेकिने गरेको छ।
बस्तु तथा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकाले उपभोक्ताहरु मारमा परेका छन। चाडपर्व नजिकिए सगै उपभोक्ताहरु कालो बजारी बढेको गुनासो पनि गर्छन।

तर सरकारी तबरबाट उचित अनुगमन नहुदा त्यसको मार खेप्न उपभोक्ताहरु बाध्य छन।
व्यापारीहरु भने सामनाको मूल्य सगै ढुवानी खर्च बढेकाले मूल्य वृद्धि गर्नै पर्ने बाध्यता रहेको बताँउछन। चाडपर्वको मौका छोपी केहि व्यापारीहरुले सामानको कृतिम अभाव गराउदा मूल्य आकाशिएको छ। दिनभर हाजिरा गरेर साझ परिवार पाल्ने लाइ झन् महंगीले गालिरहेको छ।
कालो बजार नियन्त्रण गर्ने निकाय मौन रहदा उपभोक्ता सास्ती व्यहोरिरहेका छन् भने सरकार पनि निरिह जस्तै देखिन्छ सरकारका मन्त्रि हरु भने भाषण बाजी मै मस्त छन्।

चाडपर्वको बेलामा हुने मुल्यवृद्धिको मार जनताले कहिले सम्म खेप्ने? आम मानिसले सरकार भएको आभास कहिले पाउलान ?

असहायमाथि याे कस्तो व्यवहार!

काठमाडौ – मुस्कान सहितको सेवा भन्ने नारालाई नेपाल प्रहरीको यो व्यवहारले लज्जित बनाएको छ। याे भिडियाे हाे, गत साेमवार बिहान गोंगबुको विजीमल नजिक रहेको शिव मन्दिर अगाडि रहेका पसल अगाडिको।

प्रहरी र पसलेहरु एक जना असहायमाथि सोमबार बिहानै खनिएका बेला पत्रकार दिल निशानी मगरले माेवाइलमा कैद गरेका हुन्। उनले आफ्नो फेसबुकमा भिडियो सहित लेखेका छन्, यी दृश्य लिंदा मेरा हात काँपे।

दृश्य हेर्दा लाग्छ, उनी ठूलै अपराधी हुन् अनि प्रहरी र पसले खनिएका छन्। निशानीका अनुसार पिटाइ खाने व्यक्ति मानसिक रुपमा असन्तुलित लाग्छन् र उनले आफ्नो नाम र ठेगाना बताउन पनि सक्दैनन्।

यी व्यक्ति पसल अगाडि सुत्थे। यसले पसले आउँदा मुड खराव हुन्थ्थो। त्यसैले यी व्यक्तिमाथि पानी खनाइन्थ्यो। र भगाइन्थ्यो। स्थानीयका अनुसार रिसमा यी युवकले मुख छाड्थे तथानाम गाली गर्थे।
स्थानीयको कुटपीट त थियो नै। उनीहरुले प्रहरी बोलाए। अशक्त व्यक्तिको संरक्षण गर्ने राज्यको दायित्व बिर्सेर प्रहरी पनि असहाय माथि खनिएको पटक्कै सुहाएन।

नागरिकन्यूजले ती प्रहरी को थिए भनेर महानगरीय प्रहरी प्रभाग गोंगवुमा सम्पर्क गर्यो । तर नयारी जवाफ आयो, जानकारी छैन।

सायद यो भिडियो हेरेपछि जानकारी राखेर व्यवहार सुधार्न कुनै प्रयास हुन्छ कि!

रामबाबु, जसले एसिड हानेर कुरुवाको नाटक गरे

सोमवार अपरान्ह युवतीमाथि एसिड प्रहारको समाचार संकलन गर्न हामी कीर्तिपुर अस्पताल पुग्यौं।

पीडित किशोरीहरु सम्झना र सुस्मिता दास अस्पतालको बेडमा छटपटाई रहेका थिए। भदौ २९ गते मंगलबार राति १२ बजे चन्द्रपुर नगरपालिका ६ बजारटोलका दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो। चन्द्रपुरमा उपचार सम्भव नभएपछि उनीहरुलाई बुधबार बिहान काठमाडौंको कीर्तिपुर ल्याइएको हो।

पीडित किशोरीका बाबु जादवलाल दास छोरीहरुको उपचार खर्च जुटाउन नसक्दा निराश देखिन्थे। उनी बारम्बार जिल्ला प्रहरी कार्यालयमा फोन गर्दै अपराधी पत्ता लागे नलागेको जानकारी लिइरहेका थिए।

किशोरीकी आमा पर्शिला दास आफ्नो चार महिने शिशु स्याहार्दै बसेकी थिइन। उनी छोरीलाई भेट्न बारम्बार भित्र जान्थिन। घटनाबारे किशोरीका बाबु आमा र चिकित्सकसँग कुरा ग¥यो।

चिकित्सकले एसिड खन्याएको पत्ता लागेपछि शरीरमा पानीले नुहाएकाले केही मात्रामा खतरा कम भएको बताए।

त्यहीँ भिडमा थिए अर्का एक बयस्क व्यक्ति, हेर्दा ४५/५० वर्षका। कपाल औसत भन्दा लामो, अनुहार हतास तर केही नबोल्ने। उनी नयाँ मान्छे आउँदा दायाँबायाँ हेर्ने र छिटपुट रुपमा जादवलाललाई सहयोग गर्ने गरेको देखिन्थ्यो।

हामीले उनलाई घटनाबारे प्रश्न गर्दा, आफू पीडित परिवारको नजिकको छिमेकी रहेको र एसिड प्रहार भएको थाहा पाउने बित्तिकै आफूले किशोरीलाई कलमा नुहाइदिएको बताए।

रामबाबुले त्यसरात ‘तेजाब पो रहेछ’ भन्दै कलमा दुवै किशोरीलाई नुहाइदिएका थिए। लगत्तै रामबाबु किशोरीका बाबुको सहयोगी बन्दै अस्पताल आए। चन्द्रपुरमा उपचार सम्भव नभएपछि सहयोगी छिमेकीको अभिनय गर्दै काठमाडौंसम्म आइपुगे।

कसैले रामबाबु माथि शंका गरेनन तर जादवलालले जेठी छोरी सम्झनासँग गरेको कुराकानीले सबै स्पष्ट भयो।

छोरीको भर्खरै होस आएकाले लामो कुरा गर्न सकेनन। बारम्बार आएको कल र छोरीसँगको कुराकानीलाई आधार मानेर जादवलालले रामबाबुमाथि किटानी जाहेरी दिए।

त्यसपछि उनी रामबाबु नजिकै गएर अपराधी पत्ता लागिसकेको र अब चाडै नै पक्राउ पर्ने बताए। रामबाबुको अनुहारको रंग एकाएक उड्यो। उनी आफ्नो फोनलाई कुनामा मिल्काएर अपराधीबारे अनविज्ञताको नाटक गरेर बसे। त्यसको केही बेरमै प्रहरीले रामबाबुलाई पक्राउ गरेर सार्वजनिक ग¥यो।

पछिल्ला दुई महिनामा पासवानले सम्झनालाई ३ सय पटक भन्दा बढी फोन गरेका थिए। पासवानको कल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ।

रौतहट प्रहरीका अनुसार सम्झनालाई एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको खुलेको छ।

पुनः श्रम स्वीकृति, कर्मचारी सुस्त कामदारलाई सास्ती

बैदेशिक रोजगारीको लागि कतारमा रहेका सिरहाका सफिक शेख वर्षमा कम्तिमा एक पटक नेपाल आउने गर्छन्। कतारको एक कम्पनीमा १३ वर्षदेखि काम गरिरहेका शेखलाई आफु काम गर्ने कम्पनीमै काम गर्न जान लिनुपर्ने पुनः श्रम स्वीकृतिको पीडाले सधैं पिरोल्छ। हालसम्म करिब १२ पटक पुनः श्रम स्वीकृति लिएर कतार गएका शेखसँग बिना सास्ती श्रम स्वीकृति लिएको अनुभव छैन। एक पटक वैदेशिक रोजगारीमा गएका नेपाली छुट्टीमा घर फर्किएर फेरी सोहि कम्पनीमा काम गर्न जान पुनः श्रम स्वीकृति लिनुपर्ने व्यस्थालाई सरकारले सहज नबनाउँदा शेख जस्ता सयौं कामदार दैनिक श्रम ग्राम ताहाचलमा अनेकन कस्ट झेल्न बाध्य छन्। वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक पूर्णचन्द्र भट्टराईले विदेशबाट फर्किएका कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुनः श्रम स्वीकृति दिने गृहकार्य अघि बढाएपनि हालसम्म सो योजना कागजमै समित छ। त्यस यता विभाग र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका हरेक महानिर्देशक र मन्त्रीले पदवहाली गर्दा प्राथमिकतामा पर्ने पुनः श्रम स्वीकृतिलाई सहजीकरण गर्ने विषय व्यवहारमा भने हालसम्म देख्न पाइएको छैन। तर वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिप कुमार चापागाईं पुनः श्रम स्वीकृतिलाई सरलीकरण गर्ने गृहकार्य विभागले गरिरहेको दावी गर्छन्।

सन्दर्भः संविधान दिवस तानाशाही प्रवृत्ति ‘रुल बाइ म्यान’ हावी हुँदैछः अधिवक्ता ओमप्रकाश अर्याल

नेपालको संविधान २०७२ कार्यान्वयन भएको तीन वर्ष पुगेर चार वर्षमा लागेको छ। पहिलो वर्षमा चुनाव गराउन कानुनी आधार निर्माण गरियो भने दोस्रो वर्षमा संघीय संरचनाका तीनै तहका निर्वाचन सम्पन्न भए। तेस्रो वर्षमा मौलिक हकको कार्यान्वयनका लागि कानुन निर्माण गरिएका छन्। पहिलो संविधान सभा असफल भए पनि दोस्रो संविधान सभाले मुश्किलले निर्माण गरेको यो संविधानले लय समाउँदै गरेको भन्न सकिन्छ।

तर राजनैतिक नेतृत्वले मुलुकलाई समृद्ध बनाउन संस्कार बसाल्न नसकेको जानकार बताउँछन्। संविधान दिवसको सन्दर्भमा नागरिक न्यूजसँगको कुराकानीमा संवैधानिक कानुन व्यवसायी मञ्चका महासचिव एवं अधिवक्ता ओम प्रकाश अर्यालले कानुनी राजको साटो व्यक्तिको राज हावी हुँदै गएको बताए। अर्यालले भने, ‘जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्नेमा जनतालाई नोकर सम्झिदै अगाडि बढेका छन्। ‘रुल अफ ल’ नभई ‘रुल वाई ल’ वा ‘रुल बाइ म्यान’ हावी भइरहेको देखिन्छ। ’

दुई तिहाई समर्थनसहित सरकार गठन भएकाले राजनीतिक स्थायित्व कायम हुने अवसर रहेपनि कार्यसम्पादन जनहितमा विपरित हुँदै गएका विविध दृष्टान्त अर्यालले प्रस्तुत गरे। अर्यालले भने, ‘विश्वविद्यालयको उपकुलपति र पूर्व लडाकुलाई विमानस्थलबाट फर्काउनु, अदालतले खड्ग बहादुर विश्वकर्मा रिहा गर्न आदेश दिंदा पनि उनलाई बारम्बार पक्राउ गर्नुले सरकार तानाशाही ढंगले अघि बढेको भन्न सकिन्छ।’ अहिले जनप्रतिनिधिको दम्भ र अहंकार बढेको अर्यालले बताए।

दलाली पुँजीवाद (क्रोनि क्यापिटालिज्म)ले राजनीतिलाई आफ्नो पकडमा राखेकोले धेरै अपेक्षा गर्न भने नसकिने अर्यालले बताए। उनले भने, ‘राज्यलक्ष्मी गोल्छाले सांसद हुन एमालेलाई पैसा बुझाएको खुलासा गरिन्। अन्य उद्योगपतिहरु पार्टी फेरि फेरि सांसद बनिरहेका छन्। समावेशी राजनीति यहि हो र?’

अहिले गुटको राजनीति हावी भएकोमा अर्याल चिन्तित देखिए। उनले भने, पार्टीमा बलियो देखिन गुट चाहिने, गुट बलियो बनाउन पैसावाला चाहियो, पैसावाला बलियो हुन भ्रष्ट वर्ग समात्नु पर्यो। पैसाले नै चुनाव जित्न थाल्यो, त्यसपछि सत्ता र बजार कब्जा गर्दै मिडिया प्रभावित गर्ने थिति बस्दैछ।’

नेताहरु इमान्दार नभएकोले पनि राजनीतिक संस्कार नबसेको अर्यालको ठम्याइ छ। ‘क्रान्तिकारी विरासत भएका पुष्पकमल दाहाल प्रचण्ड ठेकेदारकै घरमा बस्नुपर्ने? मेडिकल कलेजलाई काखी च्याप्नुपर्ने?’ अर्यालले भने, ‘यस्तो पाराले सामाजिक न्याय सहितको लोकतन्त्र स्थापना हुन सक्दैन।’