नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिन अपिल
दुईदिने ‘एसिया प्यासिफिक समिट–२०१८’ आइतबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘वर्तमान समयका गम्भीर चुनौतीहरुमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ विषयक सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा फरकफरक सत्रमा छलफल भएपछि घोषणापत्र जारी गरिएको हो। घोषणापत्रमा ‘शान्ति, सहकार्य र सहयोग’ मा जोड दिइएको छ।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
समिटको उद्घाटन सत्रलाई शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, रिपब्लिक अफ नाउरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सकी उपराष्ट्रपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्य प्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेली, भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलगायतले सम्बोधन गरेका थिए। पिस एन्ड फेमिली फेस्टिभल कार्यक्रममा ४५ देशका एक हजार पाँच सय प्रतिनिधि सहभागी भएको आयोजक पक्षको दाबी छ।
प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्। नुवाकोटमा भएको कार्यक्रममा बौल्दै खनालले नराम्रो सोच भएका व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने आफ्नो धारणा रहेको बताए। उनले भने “नराम्रो सोच भएको व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने भनाई मेरो हो। त्यसैगरी अपराधिक सोच भएकाहरुसँग संगत पनि प्रहरीले गर्नुहुन्न भन्ने मान्यता मेरो हो।”
जनसंख्या, सामाजिक संरचना, शहरीकरण, मान्छेको इच्छा आकाङ्क्षा बढ्दै गएकोले अपराधिक गतिविधि बढिरहेको अवस्थामा त्यसलाई न्युनिकरण गर्न दृढ भएर लागिरहेको उनले बताए। अपराधिक गतिविधि २२ प्रतिशत मात्र अपरिचित व्यक्तिबाट हुने गरेको उनले बताए।
निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन
निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाई बर्खास्त गरेको थियो।
यो निर्णयविरुद्ध विष्ट र भट्टले मन्त्रिपरिषदमा निवेदन बुझाउँदै पुनर्वहालीको माग गरेका हुन्। मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ।
उनीहरुले मन्त्रिपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने बताउँदै आएका छन्।
मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खला मिस वर्ल्डकाे अन्तिम ३० मा
मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए।
श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार
कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।
राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ।
राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाई मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ।
‘नयाँ युग’ अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद भए पनि प्रचार शैली भने अनावश्यक र भड्कीलो भएको बताएका छन्।
यसलाइ नयाँ युगको संज्ञा दिनु सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको उनको भनाई छ।
‘नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्कीलो तामझाम गर्ने तर नेपाली कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका असक्त विरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गर्यो’, शर्माले भने।
‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै महेन्द्रनगरमा प्रदर्शन
निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो।
-यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
-यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए।
रोनाल्डो र मेस्सीको वर्चस्व तोड्दै मोड्रिचले जिते बालोन डि’ ओरको उपाधि
क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए।
यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै उपाधि हात पारे। विश्वकप फुटबल २०१८ मा आफ्नो देशलाई फाइनलसम्म पुर्याउनुका साथै रियल मड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका ३३ वर्षीय मोड्रिच सन् २००७ पछि रोनाल्डो र मेस्सी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन्।
इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए
अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन।
अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन्।
घट्दै एचआइभी संक्रमण
विश्वव्यापी स्वास्थ्य समस्याका रूमपा रहेको एचआइभी/एड्सका कारण हुने मृत्यु र संक्रमण फैलने दर नोपलमा पनि घट्दै गएको पाइएको छ। ३०आैं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार विश्व एड्स दिवस मूल समारोह समितिले सञ्चारकर्मी माझ यस्तो तथ्य सार्वजनिक गरेको हो।
एक दशक अघिसम्म नेपाल तथा विश्वका विभिन्न देशमा बढिरहेको एचआइभी संक्रमण दर पछिल्लो समय घट्दै गएको समितिको दाबी छ।
सन् २०१७ को तथ्यांकअनुसार सन् २०१० को तुलनामा नेपालमा एचआइभी संक्रमण ६१ प्रतिशत घटेको छ भने बच्चाहरूमा यसको दर ६३ प्रतिशत कम भएको छ। यसैगरी सात वर्षमा एड्सका कारण हुने मृत्युदर २३ प्रतिशत घटेको छ।