Author: Nagarik Online
शान्ता चौधरी : कहिले काहि मैले बालअधिकार हनन गरे जस्तो लाग्छ ।
सरकारको प्रस्तुति, जनताका अपेक्षा
सरकारको प्रस्तुति, जनताका अपेक्षा। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा नागरिक फ्रन्टलाइन मा।
सरोजको नौटंकी रविको विवाह बिजयको अनसन र मेनुका पौडेल
संसदमा घम्साघम्सी
चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ।
कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्काेतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ
अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।
सांसद भण्डारीले विश्वकै पुरानो ग्रन्थ छोएर सपथ गरेको भवन रहेको स्थान एनापोलिस संयोगवस अमेरिकी ईतिहासकै पुरानो संसद भवन हो। जहाँबाट अमेरिकी संविधान निर्माण प्रक्रिया अनुसार सविधानसभा भवनको रुपमा प्रयोग भएको थियो।
बम्जन आश्रम : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी
तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ।
पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।
वाइड वडी काण्ड: दाहाल, देउवा र ओलीको सहमतिमा
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको आरोप लगाएका छन्।
शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रमा बोल्दै उनले भने, ‘यो काण्ड दुई भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखिएको छ।’ यस प्रकरणमा दोषी जोसुकै भएपनि छानबिन गरी निष्कर्षमा पुग्न उनले माग राखे। वाइड वडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाउदै उनले भने, ‘यो प्रकरणमा संसद्लाई मन्त्रीले ठाडै ढाँटे। अरु देशमा भएको भए कारबाही हुन्थ्यो।’
जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण
नेपालमा वैकल्पिक शक्ति असफल भएकै हो त ?
परदेशको “कोसेली”-प्यारालाइसिस
गुल्मीकि तुमाकला कुमालले करिव ४ वर्षअघि श्रीमान हरि बहादुरलाई साउदी अरबका लागि बिदा गरेकि थिइन्। श्रीमान सँग बिछोडिदाको पीडालाई मनको एउटा कुनामा गाठोपार्दै तुमाकला काठमाडौंबाट घर फर्किन्। सम्झनामा दिनहरु कट्दै गए। साउदी अरबबाट फर्किंदै गरेका श्रीमानलाई लिन तुमाकला त्यहि ४ वर्षघि छुट्टिएको एयरपोर्ट पुगिन्। महिनौ विदेशमा जे जस्तो दु:ख भोगेपनि आफ्नो मातृभूमि फर्किदाको खुसी अनि साथमा लामो बिछोडपछि हुन लागेको मिलन। धेरैका निम्ति खुसीयालीको त्यो क्षण तुमाकलाका निम्ति भने ४ वर्षपछिको त्यो भेट तुवालै तुवालोले घेरिएको धुम्म अनि अध्याँरो बन्यो। हरि बहादुर सँगै एउटै कम्पनीमा काम गरेर फर्किएका कोहि सुटकेश घिसार्दै बाहिर निस्किंदै थिए त कोहि विदेशको कोसेलीले भरिएको झोला काँधमै भिरेर बाहिरिंदै थिए। तर तिनैका बीचमा कसैको सहारामा बाहिरिन्छन् हरि बहादुर। अचेत अवस्थामा। उनलाई हुइलचेयरमा राखेर कसैले बाहिर ल्याउछन्।
त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आखाँबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्। धन कमाउने सपना देख्दै विदेशिएका हरिबहादुरको कथा डलरको कथाको चौथो शृंखला।
विवेकशील साझा पार्टी १६ महिनामै किन टुक्रियो?
विवेकशील साझा पार्टी टुक्रिएपछि वैकल्पिक राजनीतिको धार नेपालमा कमजोर भएको आँकलन गरिदैछ। सुसंस्कृत राजनीतिक संस्कारको वकालत गरेको विवेकशील साझा पार्टी १६ महिनामै किन टुक्रियो?
शपथ ग्रहणको तमाशा, प्रचण्डको प्रस्तावमा धुर्मुसको “नो !”
शपथ ग्रहणको तमाशा, प्रचण्डको प्रस्तावमा धुर्मुसको “नो !”
यसरि लाग्यो कृष्णलाई करेन्ट,रुदै सुनाए । राजेश हमालका जोक्स। साकारको नयाँ गित।मन्त्रीले सचिव भकुरे
विवेकशील साझाको आरोप : नियोजित ढंगले पार्टी फुटाइयो
साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
प्रदेश २ का मन्त्रीले सचिव कुटे
घटना लगत्तै प्रहरीले सचिवलाई नियन्त्रणमा लिएकाे छ। संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणकाे उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दर्ता गराएकोमा ४० वटा संस्था छनोट भएका थिए।
कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन
अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ। ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन। हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने। उनले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ। अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उनले बताए।
वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने।
बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद
मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए।
वर्षा राउतको विहे फागुनमा
उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्।
वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।
चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने
नयाँ प्रधान न्यायाधीश: होला न्यायालयमा सुधार ?
नयाँ प्रधान न्यायाधीश: होला न्यायालयमा सुधार ?
नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीलाका भगवान दुर्गा
नगर प्रमुखका वाचा कति पूरा भए ?
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य।
काठमाडौ महानगर के गर्दैछ ? नगर प्रमुखका वाचा कति पूरा भए ?
रेशमको सपथ। केसीको अनसन। कांग्रेसको फण्डा। रविको झगडा। अनि धमलाको हमला
मनाङ्गेको सपथ सभामुखको टाउको दुखाई
सभामुख नेत्रनाथ अधिकारी आफै बिरामी छन्। टाउकोको शल्यक्रिया गरेका अधिकारीलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन्। पत्रकारको प्रश्नमा पनि उनले सटिक जवाफ दिने गर्दछन्।
पूर्ण रुपमा ठिक भई नसकेका उनै सभामुख नेत्रनाथ अधिकारीलाई अहिले एक व्यक्तिको सपथग्रहण टाउको दुखाई बनेको छ। सभामुखको टाउको दुखाउने व्यक्ति अरु कोही नभएर मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे हुन।
स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपनि उनले अहिलेसम्म सपथग्रहण गर्न पाएका छैनन्। ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएपछि उनले माननीयको हैसियतमा सपथ लिन पाएका थिएनन्। तर, पुसको पहिलो साता मनाङ्गे सर्वोच्चको आदेशमा थुनामुक्त भए र दोस्रो साता उनले गण्डकी प्रदेशसभा सचिवालयमा सपथग्रहणको लागि निवेदन दिएका थिए।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
रेशम चौधरी थुनामुक्त नहुने
कारागारबाट निकालेर सांसदको शपथ ग्रहण गराइएका रेशमलाल चौधरीलाई थुनामै राखी अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि चौधरीलाई थुनामै राख्नुपर्ने जिल्ला अदालतको आदेश सोमबार सदर गरेको हो।
२०७२ भदौ २७ मा कैलाली टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान गएको थियो। चौधरीलाई त्यस घटनाको मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएपछि उनी फरार भएका थिए। चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीमा किटानी जाहेरी परेको थियो।
घटनाका बेलाको मोबाइल डिटेलको आधारलगायतका प्रमाणले चौधरीलाई छोड्न नमिल्ने देखिएको भन्दै अदालतले थुनामै राख्न आदेश गरेको हो।
रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्गात्मक फुटबल!
राजधानीको केन्द्रमा रहेको ऐतिहासिक पुरातात्विक महत्वको रानीपोखरीको स्वरुप २०७२ को भूकम्पले ध्वस्त भयो। भूकम्प गएको झन्डै साढे तीन वर्ष वितिसक्दा पनि सरोकारवाला निकायबीच पूनर्निर्माण कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा रानीपोखरी पोखरीको स्वरुप गुमाएर चौरजस्तै बनेको छ।
रानीपोखरीको पूर्ननिर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच जुहारी जस्तै छ। सम्पदा संरक्षणकर्मीहरुको अडान अर्कातिर छँदैछ। सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।
काठमाण्डौंमा फुटबल खेल्नको लागि सयौं फुटसल तथा चौरहरु नभएका होइनन् । तरपनि ऐतिहासिक महत्व बोकेको रानीपोखरी भित्रैै गएर फुटवल खेली नेपाल विद्यार्थी संघले सरोकारवाला निकायलाई दबाब दिएको हो । व्यङग्यात्मक फुटवलले प्रश्न उठाएको छ, के अव रानीपोखरीलाई मैदानकै रुपमा राखिराख्ने हो?
संसदमा तथ्यमै रहेर बाेलेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले तथ्यमै रहेर दलिल पेश गरेको दाबी गरेका छन्। यथार्थ कुरा बाेल्दा पनि अनावश्यक र आधारहीन टिप्पणी हुनेगरेको प्रति प्रधानमन्त्रीले आपत्ति जनाए।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पारे। नयाँ तथ्याङ्क निर्माणमा अघि बढिरहेको सरकारलाई तथ्याङ्कहरुसँग खेल्नुपर्ने कुनै कारण नभएको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल लगायत सञ्चारमाध्यमहरुले प्रधानमन्त्री ओलीले संसदमा झुटा तथ्याङ्क उल्लेख गरेको भन्दै उनको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले त्यसकाे खण्डन गरेका हुन्।
सभामुखमाथि खनिए गगन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ।
‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि पार्टी सदस्य?’ कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं।’
समसामयिक विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए। सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए।