Author: Nagarik Online
फेसबुक बाबा
जापान सपनाले फेरिएको दैनिकी
खोटाङका मविन्द्र राई र राजधानीको चाबहिल घर भएकी भवानी कुँवरले खाना बनाउन एक अर्कोलाई गरेको सहयोग देख्दा लाग्ला पक्कै पनि यी श्रीमान श्रीमती नै होलान। तर भवानी र मविन्द्रबीच न रगतको नै नाता छ, न यी दुई बीच २ महिना पहिला कतै भेट नै भएको थियो। तर यी दुवैको सपना भने एउटै छ, रोजगारी गर्न जापान जाने। त्यहि सपनाले यी दुईको भेट हुन्छ राजधानीमा रहेको एक जाप्निज भाषा सेन्टरमा। जाप्निज भाषा सिकाइने र बस्ने होस्टलको समेत व्यवस्था भएको यो सेन्टरमा बसेका यी दुवैको दैनिकी अहिले फेरिएको छ। जापान सपनाले फेरिएको दैनिकी डलरको कथाको छैठौं शृंखला:
“प्रतिपक्षको नजर”, सरकारको एक वर्ष
सरकारको एक वर्ष। “प्रतिपक्षको नजर”। कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजाल नागरिक फ्रन्टलाइनमा।
लभ सिजनमा सुविन भट्टराईका लभ टिप्स
नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी
भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन : गाेकर्ण विष्ट
समायोजन कर्मचारीले रोजेकै ठाउँमा
समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।
प्रदेश ३ र काठमाडाैं महानगरपालिकाको हकमा भने कर्मचारीले राजेको ठाउँमा समायोजन हुने निश्चित नभएको मन्त्रालयको भनाइ छ। समायोजन फाराम भर्दा करिब ५ हजार कर्मचारीले प्रदेश ३ र करिब ३ हजार कर्मचारीले काठमाडौं महानगरपालिकलाई पहिलो रोजाइ बनाएको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए।
‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।
जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलको टोलीले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ८ बुँदे विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हो।
डा. बाबुराम भट्टराई : छोरी नजन्मदै ‘डर्टस अफ कार्ल मार्क्स’ उपहार दिने बाबु
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पहिलो सन्तानको मुखसम्म हेर्न पाएनन् । भट्टराई र हिसिला यमीको २०४० सालमा जेठो सन्तानको रूपमा छोरा जन्मीए पनि विडम्वना जन्मेको केहि घण्टामै उसले संसारबाट विदा लियो ।
दोस्रो सन्तानको रूपमा छोरी अर्थात मानुषी यमी भट्राई जन्मीइन् । छोरी जन्मनु उनका लागि उत्सव थियो । छोरी जन्मनु केहि महिना अघि नै पूर्व डा. भट्राईले ‘डर्टस अफ कार्ल मार्क्स ’ छोरीका लागि उपहार छोडेका थिए पत्नी हिसिलालाई । पुस्तकमा उनले हस्ताक्षर गरेका थिए । बाबुराम र मानुषीको भावनात्मक भन्दा पनि बढी बौद्धिक सम्बन्ध रहेको आमा हिसिलाको भनाई छ । कहिलेकाँहि आफुसँग भन्दा पनि छोरी मानुषीसँग बाबुरामको कुरा बढी मिल्ने उनी बताउँछिन् ।
बाबुराम भट्राई र हिसिलाको सम्बन्ध भावनात्मक भन्दा पनि विवेकसंगत बढी रहेको लाग्छ । बाबुराम र हिसिलाको भारतमा विवाह हुँदा पनि उनीहरूले विवाह गर्नु पूर्व एउटा हस्ताक्षर गरेका थिए । जसमा लेखिएको थियो “हाम्रो सम्बन्ध भनेको समाज रूपान्तरणका निम्ती साधक हुनुपर्छ । जतीबेला हामीलाई बाधक लाग्छ त्यत्ती बेला यो टुट्न पनि सक्छ ।” चालिस वर्षको अन्तरालमा अहिले टुट्ने लक्षण भन्दा पनि झन् बलियो हुँदै गएको बाबुरामले सुनाए ।
२०६५ मा अर्थमन्त्री, २०६८ भाद्र देखि २०६९ साल चैत्रसम्म मुलुकको ३६ औ प्रधानमन्त्री बने बाबुराम । त्यसपछि तत्कालिन एनेकपा माओवादी पार्टीको उपाध्यक्ष पद र संसद सदस्यता २०७२ साल असोजमा परित्याग गरे । विसं २०७३ साल असार २७ गते औपचारिक रुपमा निर्वाचन आयोगमा नयाँ शक्ती पार्टी नेपाल दर्ता गरे । बाबुराम भट्राईले पार्टी परित्याग गर्ने निर्णय सबैभन्दा पहिले छोरी मानुषीसँग भनेका थिए । त्यत्ती बेला मानुषी अचम्मीत परेकी थिइन् । मानुषीले भन्छिन् ‘ बाले यस्तो निर्णय एक दिनुुहुन्छ भन्ने थियो तर यस्तो अवस्थामा लिनु हुन्छ भनेर सोचेकी पनि थिएन ।’
बाबुरामलाई लाग्छ सम्बन्ध भनेको जहिले पनि पूरक हुनुपर्छ । हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम अन्तरमुखी छन् । हिसिला बहिरमुखी गुण भएकी छिन् । उनलाई हिसिला हुँदा एकदमै सहज लाग्छ । हिसिलाले गर्दा आफु बढी समाजिक भएको मान्छन् बाबुराम । राजनीतिक परिवार र त्रासको वातावरणमा हुर्कीएकी मानुषीलाई आमा बुवाको अनुपस्थिती भन्दा पनि आमाबुवाको उपस्थिती अनौठो लाग्छ ।
आफ्नो सफलतामा भाइ शिव भट्राई, बुवा र आमाको सहयोग धेरै ठूलो रहेको उनलाई लाग्छ । नेपाल, बेलायत, नैनीताल, दार्जिलिङ हुँदै २०१६ मा दिल्लीको जवाहरलाल नेहरू विद्यालयबाट राजनीति शास्त्रबाट एमफिल सकेकी मानुषीले पीएचडीको पढाइ छोडेर नेपाल फर्किइन् । मानुषी बा हुर्केको, पढेको परिवेशबाट पनि आफुले धेरै कुरा सिकेको बताउँछिन् ।
मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग प्रेम विवाह भयो । छोरीको विवाह हुँदा बाबुराम निकै भावुक भए । भावुक हुनुको कारण पनि रहेछ । सानो छँदा गाँउघरमा विवाहमा बाजा बजीरहँदा दुलही रूदाँ बाबुराम पनि रूने रहेछन् । जसले गर्दा उनी छोरी मानुषीलाई अन्माउँदा भावुक बनेका रहेछन् ।
मानुषीसँग पनि विवाहको रमाइलो अनुभुती रहेछ । विवाह समारोह सकिएपछि जानुपर्छ भन्ने उनले सोचेकी रहिन्छन् । समारोह सकिएपछि मानुषी लुगा चेन्ज गर्न गएकी थिइन् । त्यत्तीकैमा ल विदाइ हुन्छ अब भनेर बोलाउन आएपछि आफु झसङ्ग भएको बताइन् । गाडीमा चढीसकेपछि ‘आमाले जेकेन्द्र जीसँग ल है छोरीको ख्याल राख्नु है’ भनेपछि मात्र सेन्टीमेन्टल बनाएको थियो । हो साच्चीकै जाँदैछु जस्तो लाग्यो । मानुषी र बाबुराम भट्टराईका रूचीमा पनि खासै फरक भएको हिसिला बताउँछिन् ।
कार्यक्रम “सम्बन्धहरु” मा आधारित भएर लेखिएको –बाँकी भिडियो
नेपाल सरकार कुटनीतिमा अपरिपक्क देखिएकै हो त ?
नेपाल सरकार कुटनीतिमा अपरिपक्क देखिएकै हो त ? नेपाल सरकारका परराष्ट्रमन्त्रि प्रदीप ज्ञवाली, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा।
नम्रताले ‘समर लभ’ नगर्ने
ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि…
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन।
ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् । नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए।
‘भेनेजुएला प्रकरणले आवश्यकताभन्दा बढी चर्चा पायो’
भेनेजुएला प्रकरणलाई लिएर अनावश्यक विवाद गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आरोप लगाएका छन्। ‘यसलाई आवश्यकताभन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको छ, भौगोलिक र विविध सम्बन्धका हिसाबले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले नै गर्ने गरी हल्ला भइरहेको छ,’ उनले भने।
मोबाइलबाटै खोलाको पानी ट्याङ्कीमा !
सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने
मलेसियादेखि मसानघाट सम्म….
जिन्दगी सोचेको जस्तो भइदिन्थ्यो त आज सल्यानका डम्बर खड्का गाउँकै कुनै रेमिट्यान्स कम्पनीमा भाईले मलेसियामा दुःख गरेर पठाएको पैसा निकाल्दै हुन्थें। तर वैदेशिक रोजगारको यात्रा कहाँ सहज छ र! विदेशिएका नेपालीको कथा त यति कहाली लाग्दो छन् कि ति घाउ जीवनभर बिझाई रहनेगरी बसिदिन्छ परिवारमा।
उमेरले २० वर्षमा हिड्दै गरेका सल्यान स्यानिखाल(हालको सारदा नगरपालिका)का सुशील खड्का विदेश जाने भन्दै पासपोर्ट बनाउन काठमाडौं आउँछन्। पासपोर्ट बनाउन आएकै बेला सुशीलले दाईलाई केही दिनमै आफ्नो उडान हुने भएकाले घर नफर्किने सुनाउँछन्। तर मेनपावरले केही दिनपछि मात्र उडान हुने भनेपछि सुशील घर त फर्किए तर दाजुभाई बीच भेट हुन सकेन। डलरको कथाको पाचौं शृंखला।
प्रचण्ड र मनोज गजुरेलको घम्सा घम्सी
प्रचण्ड र मनोज गजुरेलको घम्सा घम्सी !
वाइडबडी प्रकरणको चिरफार पर्यटनमन्त्री, रवीन्द्र अधिकारी सँग
वाइडबडी प्रकरणको चिरफार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रवीन्द्र अधिकारी सँग।
सरोज भण्डारीका झापाली गफ
भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री
निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529 नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए।
यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
नेपाल पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा
नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ। नेपालले युएईलाई सोमबार ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ। आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसँग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो।
चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण
कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।
सडकको प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे।
चीनले पाँच वर्ष लगाएर १०. ५ किलोमिटर सडकको स्तरोन्ती तथा विस्तार गरेको हो। २०१७ सम्ममा सडक विस्तार सकिसक्ने भनिए पनि भूकम्प र नाकावन्दीका कारण निर्माण कार्य लम्विएको थियो।
पासपोर्टमा अंकुश लगाउँदै सरकार
नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो।
संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ। विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ। दफा १२ को उपदफा १ (क) मा व्यवस्थित गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वाभाविक भए पनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानकारहरू औंल्याउँछन्।
‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।
‘आजसम्म हामीले बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न सडकबाट खवरदारी ग¥यौं’ आइतबार तरुण दलले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘अव सडकमै ल्याएर हत्यारा र बलात्कारीलाई कारवाही गछौं।’
‘चुरोट सित्तैमा दिए १० हजार जरिवाना’
सित्तैमा चुरोट दिँदा वा उपहारको रुपमा वितरण गर्दा ख्याल गर्नुहोस् १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला। चुरोट मात्रै होईन सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन्। फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पनि पाईनेछैन्।
गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेश गर्न लागेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनकाे विधेयक अनुसार तपाईले सजाय भोग्नुपर्ने हुन्छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यो विधेयकको मस्यौदा तयार पारेको हो। मानव स्वास्थ्यलाई ख्यालमा राखेर सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक ल्याएको हो। यो विधेयकलाई मन्त्रिपरिषद्ले प्रदेशसभामा पेश गर्न स्विकृत दिएपछि प्रदेशसभा सचिवालयमा दर्ता समेत भईसकेको छ।
लगानीकर्ताको टुंगो नलाग्दै रुख काट्न किन हतार ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको दुई दशक भन्दा बढी भयो।यसपछि योजनामा परेका भैरहवा र पोखरा विमानस्थल निर्माणको तयारीमा छ।तर राष्ट्रिय गौरवको प्रस्तावित दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भने एक पछि अर्को उल्झनमा पर्दै आएको छ।