महाराजगञ्ज शिक्षण अस्पतालको २०२ नम्बर कोठा। अस्पतालले दिएको कम्मल आधा शरिरमा ओढेर सुतिरहेकी छन् एक ९ महिने बालिका। उनले लगाएको रातो टिसर्टमा सिलिक्क परेको कपाल अझै आकर्षक देखिन्छ। चिकित्सकले उपचारको क्रममा हातमा लगाइदिएको पट्टिले उनलाई केही असहज भएको छ। नाबालिकाको हँसिलो मुहारमा लागेको बादल हेर्दा मन चस्क्क हुन्छ। उनको छेवैमा बसेकी आमाको मन अशान्त छ। ९ महिनाकी उनकी छोरी न राम्रोसँग बस्न सक्छीन् न त बामे सर्न नै। दिशा गर्दा र पिसाप गर्दा रुन्छीन् मात्र।
शिशुकी आमासँग कुरा गर्न अस्पताल पुग्दा उनले भनिन्, ‘यसका काका आएका छन्। उनलाई सोध्छु।’ यस्तो घटना भएपछि तपाइलाई घरको मान्छेले गाली गरे? मेरो प्रश्न नटुङ्गीदै उनले भनिन् ‘ यसको काका यसलाइ धेरै माया गर्छन् , रातदिन रोएका रोयैछन् ।’ उनले हामीलाई मिडियाबाट आफु टाढा रहने बताए। शिशुका काकाले भने ‘तपाइलाई थाहा छ ? हाम्रो समाज मुख निर राम्रोगर्छ पिठ पछाडि कुरा काट्छ। म भोली त्यो देख्न चहँदिन। जे हुनु भयो त्यो बलत्कारीलाई प्रहरीले नसमाते पनि त्यसलाई म बाँकी राख्दीन’, उनले आक्रोस पोखे।
जसलाइ आमाको काख भन्दा परको न्यायो थाहा छैन। जसले आमा भन्दा परको संसार देखेको छैन। त्यही शिशुको हातल बलत्कारीले चुडालीदिदाँ उनको आक्रोस जायज पनि थियो। यत्तिकैमा हजुरवुवा भित्र पसे । उनले खाना लिएर आएका थिए। भदौ २८ गते उनी तिजमा माइती गएकी थिइन्। राती काखमा सुतीरहेकी छोरी हराइन्। अपरिचित व्यक्तीले छोरी लगेको थाहा पाएपछि घरमा हल्लीखल्ली मच्चियो। त्यसपछि घरमा भएका सदस्यहरु खोज्न हिडे तर अध्यारो रातमा भेट्टाएनन्। त्यस दिन घरमा पुरूष कोही थिएनन् । प्रहरी, गाँउले सबैको सहयोगमा विहान मात्रै खोलाको किनारमा दिशा गर्न गएको एकजना व्यक्तीले भेट्टाए। सबैलाइ बच्चा पाइनुको खुशी मात्र थियो। प्रहरी, प्रशासन आयो। उनीहरुले छोरी सुम्पीए तर आमाले छोरीलाइ नुहाउँदा योनीबाट रगत आएपछि मात्रै सबै झस्कीए। त्यसपछि मात्र बलत्कृत भएको थाहा पाए। कसैले सोचेको पनि थिएन यस्तो भयो होला भनेर।
‘सानो बच्चासँग यस्तो घटना पनि हुन्छ र हजुर ? यो सोच्नु पनि पाप हो । रोइरहेकोले छलछाम लाग्यो कि भनेर झारफुक गरायौ ।’ बलत्कृत शिशुका हजुरबुवाले वेलीबिस्तार लगाए । ‘प्रहरी कहाँ रिपोर्ट गर्न जाँदा उल्टै गाली गर्यो। बच्चा तपाइलाइ राम्रै बुझाएको होइन। अहिले के भयो भनेर ल्याउने?’, हजुरबाले मलिन स्वरमा भने। ‘पछि अस्पताल लगियो। यहाँ उपचार सम्भव नभएको भन्दै चिकित्सकले काठमाडौं लैजान भने। राती ८ बजे बस भेटएनौ । २९ गते राती दुइवटा बस परिवर्तन गर्दै काठमाडौं आइपुग्यौ।’ जिल्ला देखि काठमाडौं सम्मको यात्रा बेलिविस्तार लगाए।
त्यसपछि कान्ती अस्पतालमा उनलाई भर्ना गरियो। कान्तीले केहि रिपोर्ट परीक्षण गर्न भन्दै शिक्षण अस्पतालमा पठायो। शिशुको परीक्षण गरेपछि डाक्टरले अपरेसन गर्नु पर्ने बताए। आजभोली भन्दै अहिले आएर चिकित्सकले चाँडो अस्पताल ल्याएको भए अपरेसन अहिले नै गर्न मिल्थ्यो अब १ महिना पछि भन्ने अवाफ उनीहरुलाई दिएको शिशुबा हजुरबा बताउँछन्। हजुरबुवाले सोध्दा ‘शिशुको यौनाङ्गमा भित्री घाउ भएका कारण १ महिनापछि अपरेसन हुने भन्यो ’ घर जाने तरखर गरिरहँदा उनको मनमा निकै त्रास थियो। यदी नातिनीलाइ केही भएमा कसरी कंचनपुरबाट शिशुलाइ काठमाडौं ल्याउने ?
आर्थिक अवस्था कमजोर भएका कारणले शिशुका बुवा छोरी जन्मेपछि भारतमा काम गर्न गएका रहेछन्। उनीहरुको आर्थिक अवस्था कमजोर भएका कारण पनि काठमाडौं बसाइ महंगिएको थियो। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनका काकाले बलत्कारीको रौ भेटिएको समेत बताए। बलत्कारीको डिएनए परीक्षण हुने पनि बताए। शिशुका काका अहिले कञ्चनपुर गाँजा र नशालु पदार्थ सेवनकर्ताले गर्दा झनै असुरक्षीत भएको बताउँदै थिए।
स्मरणहोस् भदौ ११ गते रौतहटको औरहीमा समेत पसलबाट ९ महिनाकी बालिकालाइ अपहरगरी बलत्कार पछि हत्या भएको थियो। अपहरणकारीको पहिचान खुलेर पनि अहिलेसम्म बलत्कारीलाई प्रहरीले पक्राउ गर्नसकेको छैन।