Month: December 2018
वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा सरकार किन उदासिन ?
नेपाली काङ्ग्रेसका नेताले हिन्दू राज्यको मुद्दा किन उठाउँदैछन्?
महासमिति बैठक पछि नेपाली काङ्ग्रेस विधान परिवर्तन गर्दै नयाँ संरचनामा आइपुगेको छ। यसका नेताले हिन्दू राज्यको मुद्दा किन उठाउँदैछन्? नागरिक FRONTLINE मा नेपाली काङ्ग्रेसका महामन्त्री प्रा.डा. शशांक कोइराला।
महेश महर्जनको स्वागत । गाजाको खेति। लालबाबुको साइकलमा तेल। कांग्रेसमा डिप लभ
विवाह मण्डपमै कुटिइन बेहुली
दाहाललाई कांग्रेसको जवाफः होली वाइन पिउनेहरुले धर्मबारे पढाइरहनुपर्दैन्
सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता
पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफलाई सात बर्षकाे जेल सजाय
कहिले रोकिन्छ सडक दुर्घटनाको महामारी ?
रस चुस्न नसक्ने अनि निकम्मा भन्ने?
सार्वजनिक प्रशासनविद्ले अनुसन्धानविना राज्य चल्न नसक्ने बताएका छन्। बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै सार्वजनिक प्रशासनविद् द्वय प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा. गोविन्द ढकालले मुलुक संघीयतामा प्रवेश गरी तीन तहमा गइसक्दा पनि केन्द्रीय सरकारले कुनै अनुसन्धान नगर्दा पुरानै संरचनाले निरन्तरता पाएको बताए। ‘नागरिकलाई छिटो भन्दा छिटो सेवा दिने भनेर तीन तहको सरकार आएको छ। जनहितमा यसले कति काम ग-यो?’ उनीहरुले प्रश्न गरे, ‘तीन तहबीच कुनै समन्वय छैन्, अहिले पनि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था छ। अनुसन्धान विनाको राज्य चल्छ? केन्द्र सरकारको अनुसन्धान खै?’ राणा शासनको खानेपानीका लागि पाइप बाड्ने परिपाटी अहिले पनि कायम रहेको भन्दै श्रेष्ठ र ढकालले कर्मचारीतन्त्रलाई दोष दिएर उम्किने ठाउँ नरहेको धारणा राखे। सार्वजनिक जवाफदेहितामा सेवा प्रवाह महत्वपूर्ण कुरा भएको उनीहरुको भनाई छ।
‘फ्रान्समा नेपोलियन बोनापार्टले बनाएका सडकमा अहिले मर्सिडिज गुडिरहेका छ। हाम्रो त्यही धान चामल बेच्न ल्याउने र त्यसैले खर्च चलाउने प्रवृत्ति छ। यसरी देश चल्दैन। दीर्घकालिन भिजन हुनुप-यो। सडकमा पाइप फुटेर पानी बगिरहेको छ। त्यही बाटोमा सर्वसाधारण हिडिरहेका छन्। प्रधानमन्त्री, मन्त्रीहरुको गाडी गुडिरहेको छ। खानेपानी र सडक त बनाउन नसक्ने देशमा ठुल्ठुला कुरा गरेर हुन्छ? नागरिकप्रति जवाफदेही खै?’ सार्वजनिक प्रशासनविद् ढकालले प्रश्न गरे। उनले नागरिकप्रति सबैभन्दा पहिलो जिम्मेवार राज्य नै हुने भन्दै सरकारले आफ्ना राम्रो, नराम्रो कामको मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
धुलोधुवा नियन्त्रण गर्न नसकेकोमा सरकारको आलोचना गर्दै ढकालले अस्पताल चलाउन धुलो निकालेको हो भनी प्रश्न गरे। सरकारले काम गर्न नसक्दा निजी क्षेत्रको भर पर्नुपरेको भन्दै यसमा पनि ढिलाई भइरहेको उनको भनाई छ। ‘निजीलाई ५ वर्षका लागि काम दिँदा १५ वर्ष समय लगाउँछन्। मेलम्ची आयोजनामा यस्तै भइरहेको छ। निगरानी र अनुगमन पनि छैन्। सरकार आफू पनि नगर्ने र निजी क्षेत्रलाई पनि समयमा गराउन नसक्ने?’ उनले प्रश्न गरे, ‘यो राज्य व्यवस्था संकटको पराकाष्ठ हो।’
अर्का सार्वजनिक प्रशासनविद् श्रेष्ठले करप्सन (भ्रष्टाचार), क्लाइटिलिजम (आफ्नो मान्छे काखी च्याप्ने प्रवृत्ति) र क्याप्चर (विशेष समूहको नियन्त्रण)ले सिस्टम ध्वस्त पारेको बताए। ‘यी कुरा निजी स्वार्थका लागि हुन्छ। जनहितका काम कम र निजी स्वार्थ बढी देखिँदा जनतामा निराशा छाउने उनको भनाई छ। उनले कर्मचारीतन्त्रलाई निकम्मा बनाउने राजनीतिक नेतृत्व नै भएको बताए। उनले सार्वजनिक जवाफदेहिता बढाउन चेतनास्तर शक्तिशाली हतियार हुनेमा जोड दिए। ‘चेतनशील जमात बढाउन आवश्यक छ। प्रहरीको विश्वास गुम्यो भने भोलि कोही पनि प्रहरीमा भर्ना हुँदैन र यो गम्भीर अवस्था हुन्छ। सरकारमा पनि त्यही हो। प्रधानमन्त्रीले जे कुरा बोले त्यो पुरा भएन भने जनतामा आश मर्दै जान्छ। अर्काे आउँदा उस्तै हो भन्ने पर्छ’, उनले भने।
राष्ट्रपतिलाई महंगो गाडी र हेलिप्टर विवादबारे आफ्नो धारणा राख्दै प्रशासनविद् श्रेष्ठले राज्यको क्षमताले नभ्याउने आश्वासन नदिन राजनीतिक नेतृत्वलाई सुझाव दिए। ‘राज्यको क्षमता छैन्। तर गर्छु भन्यो भने विश्वासको संकट हुन्छ। यद्यपी योजना सहि होला’, उनले भने। आफू नर्वे गएको घटना स्मरण गर्दै श्रेष्ठले भने, ‘हामी नर्वे जाँदा एयरपोर्टको एउटा कुनामा त्यहाँका अर्थमन्त्री छेउमा उभिरहेका थिए। सेक्युरिटी केही थिएन। तर नेपालमा रिटायर भएको उपप्रधानमन्त्रीले अगाडि पछाडि सुरक्षाकर्मी राखेर रवाफ देखाइरहेका छन्। हाम्रो संस्कार अझै परिवर्तन भएन। यो सार्वजनिक जवाफदेहिता होइन।’
वृद्धभत्ता बढाउने प्रतिबद्धता कार्यान्वयन नभएको विषयमा उनले काठमाडौंमा मासिक ३ लाख भाडा उठाउनेले पनि वृद्धभत्ता लिइरहेको भन्दै विरोध जनाए। ‘महिनाको ३ लाख भाडा उठाउँछ अनि त्यही व्यक्ति वृद्धभत्ता थाप्न जान्छ। वृद्धभत्ता गरिबी निवारणको एउटा पाटो हो। तर धनाढ्यले पनि लिइरहेको छ। त्यसकारण क्षमता नभई गफ दिनुहुँदैन। नियम ठिक होला। तर वृद्धभत्ता बढाउँछु, यो गर्छु, अर्काे गर्छु भन्नु हुँदैन्।’ उनले अहिले नै जनता पूर्ण रुपमा निराश हुनुपर्ने अवस्था नरहेको भन्दै सामाजिक जवाफदेहिता र स्व जवाफदेहिताको आवश्यकता औल्याए। ‘पावरमा भएकाहरुमा संस्कार भएन, मालिक हुँ भन्ने भावना छ, जसका कारण राज्यप्रति जनविश्वासमा कमी हुँदै गएको छ’, उनले भने, ‘आत्म शुद्धिकरण गरे विश्वास बढ्छ।’
उनले शासन पद्धतिमा नागरिक संलग्नता बढाउनुपर्ने र नागरिक जागरुक भए राज्यलाई जवाफदेहि बनाउन सकिने धारणा राखे। यसका लागि सञ्चारमाध्यम, अभिमुखीकरण कार्यक्रमको मुख्य भुमिका रहने उनको भनाई छ।
In conversation with Manisha Koirala
बहिनीले दिदीलाइ स्वदेश फर्काइन् ( दिदी बहिनीको सम्बन्धहरू )
सबै लुट्यो दलालले
विदेशिने धेरै नेपालीका सपना उस्तै हुन्छन् । गन्तव्य पनि उहिं हुन्छ । अनि जाने बाटो पनि एउटै । तर, त्यहि बाटोमा दलालले बिछ्याएका जालहरु भने अनगिन्ती हुन्छन् । त्यहि भएर विदेश गएर धन कमाउला भन्ने सपना देखेका अधिकांश नेपाली दलालको चंगुलमा परेर ठगिन्छन् । फरक यति हो कोहि यहि ठगिन्छन कोहि विदेश पुगेर । कोहि ठगीएपनि विदेश पुग्न पाउछन् । तर केहीको सपना भने विदेश नपुगी टुक्रिन्छ । विदेशिने नाममा नेपालमै ठगिएका नेपालीको कथा डलरको कथाको दोस्रो श्रृंखला:
दलालको जालमा परेपछि या विदेशजाने सपनाले नेपालमै ठगिएका केहीका कथा व्यवथा मात्र हुन् यी त । गरिवी,अशिक्षा,बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन,कोहि आफन्त बाटै ठगिन्छन कोहि भने आखाँ चिम्लेर कसैलाई विश्वासगर्दा फस्छन् । वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ पैसा डुबेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका छन् । ति १ हजार १ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २ सय ७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन् ।
सञ्जु कटुवाल। श्रीमान गम्भिर। घरभाडा फिर्ता।केपी ओली बुलेटमा। देउवालाई सकस
देउवा र पौडेलबीच केन्द्रीय समितिमै चर्काचर्की
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय गुजारेका नेताहरू फेरि सोही विषयलाई लिएर विवाद गरेका हुन्। आन्तरिक विवादलाई सल्ट्याएर महासमिति बैठकबाट नेताहरूले एकताको सन्देश दिने अपेक्षामा नेता तथा कार्यकर्ता रहेका बेला शीर्ष दुई नेता बैठकमै असिष्ट ढंगबाट प्रस्तुत हुँदा केन्द्रीय समिति असहज बन्न पुगेको थियो।
शुक्रबारबाट सुरु हुने महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावमाथि छलफलमा सहभागी हुँदै नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राखेका थिए। निर्वाचन गराएको विजय सभापतिले लिएको तर पार्टी पराजयको दोष भने लिन तयार नभएको धारणा राखेपछि सभापति देउवालगत्तै त्यसको प्रतिवादमा उत्रिएका थिए।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
हेलिकोप्टर खरिद प्रक्रियामै त्रुटि, अस्वाभाविक महँगो
भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो।
सरकार र पार्टी सन्चालन पद्धतिको पार्टी भित्रै आलोचना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्।
अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे। उनीहरुले विधानअनुसार तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको, स्थायी समितिबाट निर्णय गर्नुपर्ने विषयलाई सचिवालयबाटै निर्णय गराइएको जस्ता विषयमा असन्तुष्टि जनाएका थिए।
उनीहरुले सरकारी तहमा भएका निर्णय विवादास्पद हुनुका साथै नियुक्ति, सरुवाजस्ता विषयमा सरकारी तहमा बिचौलिया हाबी भएका कारण सरकार बढी आलोचित भएको तथा सकारको कार्यशैलीमा देखिएका त्रुटि औल्याउँदा गाली खानुपर्ने स्थिति हुँदा सरकारको गति ठीक दिशातर्फ उन्मुख नभएको टिप्पणी पनि सदस्यहरुले बैठकमा गरेका थिए।
पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ
अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।
शाह दम्पत्तिलाई पोखरा विमानस्थलमा २१ किलोको माला लगाएर स्वागत गरिएको थियो। राजपरिवारको समर्थक रहेकाहरुले स्वागत समारोह बनाएर विमानस्थल बाहिर शाह परिवारको स्वागत गरेका थिए। राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकले फूलमाला र पञ्चेबाजाले शाह दम्पत्तिको स्वागत गरेका थिए। शाह दम्पत्तिको स्वागतमा विमानस्थल क्षेत्र खचाखच भरिएको थियो। विमानस्थल भित्र र बाहिरको सडकमा भीड बढेपछि व्यवस्थापनमा पनि समस्या परेको थियो।
गोविन्द केसीको आन्दोलन २ हप्ता सर्याे
चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ।
चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।
यसबीचमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक अघि बढाउन समय लाग्ने जानकारी आएपछि डा केसीले पुस १७ गतेसम्मलाई आन्दोलन सारेका हुन्।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदारको पासपोर्ट जफत
मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।
इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजाेसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ। सरकारले कामसक्न दिएको समयसीमा ४६ दिन वाँकी रहँदा निर्माणमा खट्नु पर्ने टोलीले काम छाडेपछि नेपाल छाडन नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो।
क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाडन नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो।
एसपी विष्ट र इन्सपेक्टर भट्ट,जुनसुकै बेला पक्राउ पर्नसक्ने
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी परेको छ।
निर्मलाकी आमा दुर्गादेवी पन्त, दिलीप विष्टका दाई खड्ग विष्टले मंगलबार बर्खास्तीमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्ट तथा निलम्बनमा रहेका सिआइबीका डिएसपी अंगुर जिसी र तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी लगायतविरुद्ध सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत कारवाहीको माग गर्दै जाहेरी दिएका हुन्।
जाहेरीमा दोषी जोगाउने उद्देश्यले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएकाले एसपी विष्टसहित प्रारम्भिक अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ।
मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु
भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।
आगलागी नियन्त्रणमा लिनका लागि ठूलो संख्या दकमल र प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उपनगरीय अंधेरीको मरोलमा रहेको इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरुलाई भ-याङ्गको सहायताले अस्पतालको फरक फरक तलाबाट उद्धार गरिएको थियो। आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको थियो भने ज्यान गुमाउने अधिकांश तल्लो तलाका नै रहेको जनाइएको छ । आगो लागेपछि अस्पतालको माथिल्लो तल्लाबाट हामफालेर धेरै घाइते भएका छन् । घाइते मध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको मुम्वई प्रहरीले जनाएको छ।
क्याटिओना ‘मिस युनिभर्स’
थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो।
प्रतियोगितामा नेपाली प्रतियोगी मनिता देवकोटा ‘उत्कृष्ट १०’ मा पुगेर बाहिरिइन्। एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा परे पनि उनी उत्कृष्ट १० बाट बाहिरिएकी हुन्।
प्रतियोगितामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ सुन्दरी छनौंट गरी १५ जना र ५ जना ‘वाइल्ड कार्ड’मार्फत् गरी उत्कृष्ट २० छानिएका थिए। मनिता एसिया प्यासिफिक तथा अफ्रिकाबाट तेस्रो नम्बरमा थिइन्।
कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?
सानो सपना होइन, ठुलै सपना देखाउनुपर्छ
‘आश दिनको लागि सपना देखाउनुपर्छ, सानो सपना होइन, ठुलै सपना देखाउनुपर्छ ‘ – प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल।
आशिका तमाङ्ग उर्फ खसिनी। चम्चाले खानुस।ढल्न थाले बुद्धिजीवी। कुखुरा चोर।रियालिटी शोमा भोट आतंक
कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ:आइजीपी खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्।
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए।
महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ।”
कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396
मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’
प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्। उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’
फ्रान्समा तलब वृद्धि र कर छुटको घोषणा
फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेकाे सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ। मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ।
पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ। सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेकाे बताएका थिए।
सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको जनाइएको छ। सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रवपतिले सम्बोधन गरेकाे बताइएको छ।
भ्रष्टाचारीका पक्षमा पेसागत संगठन
सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गर्ने निर्माण व्यवसायी, परामर्शदाता र प्राविधिक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पेसागत संगठन त्यस्ता अभियुक्तलाई बचाउने प्रयासमा लागेका छन्।
भ्रष्टाचारको अभियोग लागेका व्यक्तिहरूलाई बचाउन एक्लो आवाज पर्याप्त नभएपछि पेसागत संगठन प्रयोग गरी जोगाउने कसरत थालिएको हो। संवैधानिक निकाय आयोगले लामो अनुसन्धानपछि दर्ता गरेको उक्त भ्रष्टाचार मुद्दाविरुद्ध सोमबार निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस र नेपाल इन्जिनियर्स एसोसिएसनले विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएका हुन्। महासंघले त आफूलाई देशभरको १५ हजारभन्दा बढी निर्माण व्यवसायीहरूको छाता संगठनको रूपमा चिनाउँदै ‘व्यवसायीहरूप्रति भएको अन्याय, अत्याचारमा ध्यान दिनु कर्तव्य र दायित्व भएको’ जनाएको छ।
स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।
राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ। कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन्।
एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकिर गरेका हुन्।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने,‘ एसिया प्यासिफिक सम्मेलनले नेपालको पहिचान विश्वमा बढाएको छ, वास्तवमा यस्ता कार्यक्रम भइरहनु पर्छ।’ सम्मेलनमा उनले मानव तस्करीको अभियोग लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे अनुसन्धान जारी रहेको जानकारी गराएका छन्। शेर्पालाई हटाउने निर्णय भइनसकेको उनले बताए।
नेपालले थप पाँच देशका लागि राजदूत सिफारिस गर्ने प्रक्रिया पनि जारी रहेको भनाई उनको थियो। ज्ञवालीले अमेरिका र चीनबीचको व्यापार द्वन्द्वले नेपाल चिन्तित रहेकोसमेत बताएका थिए।
मिडियालार्इ अंकुश लगाउँदै प्रदेश सरकार
प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको छ। प्रदेशसभाबाट पारित प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयकअनुसार इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई जरिवाना र एक वर्षसम्म कैद वा दुवै हुनेछ।
दफा ४६ को उपदफा १ मा कसैले इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई पहिलोपटक सचेत गराउने र पुनः सोही प्रकृतिको कसुर दोहो-याएमा इजाजतपत्र दस्तुरबराबर रकम असुल उपर गरी सो बराबरको रकम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै हुने उल्लेख छ।
विधेयकको दफा ४ मा ‘कसैले पनि ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्नु हुँदैन’ भन्ने उल्लेख छ।