मोतीराम भट्टः छोटो जीवन, लामो सम्झना

भाद्र कुशेऔँसीका दिन आइतबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँएको छ। वि।सं। १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि।सं। १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पु¥याएका छन्।नेपाली साहित्यको श्रृङ्गार रसमा विशेष योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत भट्टलाई नै जाने गरेको छ।
उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन्।
आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपीको खोजी गरी भट्टले नै वि।सं। १९४१ मा प्रकाशन गरेका थिए।

Five Exemplary steps by local bodies

A year has passed since local elections took place in most of the provinces. During this period, countless reports have surfaced about local representatives enmeshed in disputes, abuse of power, corruption, and chaotic offices. Amid these clouds of gloom are a few silver linings.

दिनहुँ बेरोजगारको ५० लाख लुट

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन् । जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदासमेत ठगी गर्नेलाई कारबाही भने नगन्य मात्रामा हुने गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको महिना साउनमा मेनपावर र तिनका एजेन्टले १० करोड ८९ लाख रुपैयाँ ठगेको भन्दै उजुरी परेको छ । बेरोजगार ठग्नेमा मेनपावरको तुलनामा एजेन्ट अगाडि छन् । साउनमा मेनपावरले (संस्थागत) ठगेको भन्दै ५ करोड ८ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै, बेरोजगारबाट व्यक्तिगत (एजेन्ट) तवरले ५ करोड ८१ लाख रुपैयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ ।
सरकारले वैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्न अनेक प्रयास गरे पनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि ठगी धन्दा बढिरहेको छ । साउनमा नयाँ र दोहो¥याएर गरी करिब ३४ हजारजना रोजगारीका लागि विभिन्न गन्तव्यमा गएका छन् । त्यो संख्या गत असारको तुलनामा करिब तीन हजारले बढी हो । साउनमा भएको ठगी असारको तुलनामा तीन करोड रुपैयाँले बढी हो ।
विभागका अनुसार वैदेशिक रोजगारीको क्रममा ठगी भएको भन्दै साउनमा व्यक्ति (एजेन्ट) का विरुद्ध ८८ र संस्था (मेनपावर) का विरुद्ध १ सय १५ वटा दर्ता भएका छन् । अधिकांश उजुरीमा सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको उल्लेख गरिएको छ ।
त्यस्तै, तोकिएको शुल्कभन्दा निकै बढी रकम असुल गरिएका केही उजुरी पनि विभागमा दर्ता भएका छन् । तीन वर्षअघि सरकारले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय लागू गरे पनि त्यस्तो सुविधा अधिकांशले नपाएको बताइन्छ । उक्त निर्णयपछि कामदार झनै पीडित भएको श्रमविज्ञहरू बताउँछन् ।
कानुनी रूपमा मेनपावरहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने भएकाले कामदारसँग देश र काम अनुसार लाख÷डेढ लाख रुपैयाँ असुल गर्ने अनि रसिद भने १० हजार रुपैयाँको दिने गरेका छन् । जसले गर्दा कामदारले क्षतिपूर्ति माग गर्दा १० हजार रुपैयाँको रसिदलाई नै प्रमाण मान्नुपर्ने बाध्यता छ । कतिपय विज्ञ सरकारले निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गर्न÷गराउन सक्दैन भने कामदारलाई हित हुने अन्य बाटो खोज्नुपर्ने सल्लाह दिन्छन् ।
कामदारसँग मेनपावरले जति रकम असुल गरेका हुन् सोही अनुसार रसिद पाएको भए ठगीको रकम अझै धेरै हुने बताइन्छ । वास्तविक रूपमा कामदारसँग ठूलो रकम असुल हुने गरे पनि १० हजार रुपैयाँको रसिदले गर्दा ठगीको आकार सानो देखिएको कामदार बताउँछन् ।
कामदारले वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै उजुरी गर्ने क्रम बढे पनि क्षतिपूर्ति पाउने भने निकै कम छन् । साउनमा करिब ११ करोड रुपैयाँ ठगी भएको भन्दै २ सय ३ उजुरी पर्दा विभागले १ करोड ६७ लाख रुपैयाँमात्र पीडितलाई भराउन सकेको छ । विभागले मेनपावरले ठगेको रकममध्ये ५१ लाख ३६ हजार रुपैयाँ र एजेन्टले ठगेको १ करोड १६ लाख रुपैयाँ पीडितलाई भराएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन विभागलाई महŒवपूर्ण जिम्मेवारी दिए पनि कर्मचारीले तदारुकताका साथ काम नगर्दा पीडितले न्याय र क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्छन् । सोही ऐनले वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई बिगोको डेढ गुनासम्म क्षतिपूर्ति भराउन सक्ने अधिकार विभागलाई दिएको छ ।

सपना देखाउनु पनि ठूलो कुरा हो : देवेन्द्र पौडेल (भिडियो अन्तर्वार्ता)

देवेन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्। बैचारिक र अध्ययनशिल नेताको छवी बनाएका पौडेल संघीय संसदका सदस्य समेत छन्। पौडेलले सरकारका काम र पार्टीका तल्ला कमिटीको एकतामा देखिएको ढिलाईबारे नागरिकन्यूजका सम्पादक श्रीराम पौडेलसँग समिक्षा गरेका छन्।

केपी ओली सरकारको कामको समिक्षा कसरी गर्नु हुन्छ?
सरकारका बारे बाहिर आलोचना सुन्दा सुन्दै पनि कुरा के हो भने यो सरकारले जनताका बीचमा गरेका प्रतिवद्ता पुरा गर्छ। जनताकाबीचमा गरेका प्रतिवद्वता सरकारले पुरा पनि गर्दै छ। सरकार आफ्ना काममा अगाडि बढ्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
पाँचा महिनामा नै धेरै कम गरे भन्दै हुनुहुन्छ त प्रधानमन्त्री ?
त्यसरी पनि नहेरौं। उहाँले जनतालाई सपना देखाउनु भएको छ। धेरै खोज्दै र जनताले बुझ्ने हिसाबमा उहाँले सपना देखाउनु भएको छ। देखाएका सपनाहरु समयमै पुरा भएपछि उहाँ नेपालमा सफल प्रधानमन्त्रीको रुपमा परिचित हुनुहुने छ।
त्यसो हो भने उहाँले अहिलेसम्म सपना मात्र देखाउनु भएको हो ?
सपना देखाउनु पनि महत्वपूर्ण कुरा हो। जस्तो २०२७ सालमा जनकपुर ( जयनगर रेल पहिलो पटक नेपालमा आयो। अहिले रेलको पुननिर्माण हुँदैछ भनौ। रेलको सपना प्रधानमन्त्रीले देखाउनु भएको छ। पानी जहाजको हामीले प्रशंगै चलाएका थिएनौ। उहाँले पानी जहाज सम्भव छ भनेर सपना देखाउनु भयो। खै कहाँ आउँछै भन्दै कार्टुन बनाएर देखाउने काम पनि भएका छन्। तर सपना देखाउनु पनि ठूलो कुरा हो।
खासगरी प्रधानमन्त्रीले निती तथा कार्यक्रममा सार्वजनिक गर्दा, चुनावी घोषणापत्र सार्वजनिक गर्दा र देशका आमसभामा भाषणा गर्दा हामीलाई दुइ तिहाइ दिनुस् हामी सबै गर्छौं भनेको विषय एकै ठाउँमा मिसाएर हेर्दा हामी निकै उत्साहित थियौं। अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रले देशको परिस्थिति कस्तो थियो भन्नेकुरा प्रस्तुत गरेको छ।

घोषित गरेका विषय र प्रस्तुतगरेको बजेटमा कहीँ न कहीँ ग्याप महसुस भएको छ। फेरी पनि वीरगञ्जदेखि काठमाडौं रेल ल्याउने कुरा, रसुवाबाट काठमाडौं रेल ल्याउने कुरा र काठमाडौं देखि लुम्बिनी रेल लैजाने कुराको सर्वे त सुरु भएको छ।
नेपाल भारतबीचको सम्वन्ध निकै उतारचढावको स्थितीबाट गुज्रेको थियो। भारतसँगको सम्वन्ध बिग्रँदा हामीले झण्डै १५ खर्व बराबरको नोक्सानी व्यहोर्यौं। त्यतिनै बेला भूकम्प आयो। चीनसँग सम्वन्ध बनाउँदा भारत रिसाउने भारतसँग सम्वन्ध बनाउँदा चीन रिसाउने। यस्तो जिकज्याकबाट हाम्रो उत्तर र दक्षिणसँगको सम्बन्ध गुज्रेको थियो। अहिले सरकारले दुबै छिमेकीसँग सुमधुर सन्तुलित कुटनीतिक सम्वन्ध कायम राखेको छ। र बिमस्टेकसम्म आइपुग्दा एक किसिमको सफलता मिलेको छ।
घर घरमा ग्यासको कुरा, सिन्डिकेट अन्त्यको कुरा, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने कुरा खास भिजिबल रुपमा देखिएनन् र?
सबै क्षेत्रमा देखिएको सिन्डिकेट तोड्ने कुरामा सरकार लागिनै रहेको छ। गृहमन्त्रीसँग कुरा हुँदा, प्रधानमन्त्रीसँग कुरा हुँदा विषयहरु फर्केका छैनन्। विषयहरु अगाडिनै बढेका छन्। काम गर्दा केही रियाक्टहरु आउँछन् त्यसलाई सन्तुलनमा राख्नपर्छ। हिजो कसैले पनि बस सञ्चालन गर्छु भन्दा कसैलाई सलामी चढाउनु पर्ने अबस्था थियो। अहिले त्यो त छैन नि। अहिले कसैले कम्पनी खोलेर बस चलाउँछु भने पाउने अवस्था त आयो। अरु क्षेत्रको सिन्डिकेट पनि जसले जनतालाई प्रतक्ष्य नकारात्मक प्रभाव पारेको छ, जस्तो कालिमाटी तरकारी बजारकै बिचौलीयाको कुरा हेर्नुस्। किसानले उत्पादन गरेको तरकारी थोरै मुल्य नाफा राखेर उपभोक्ताले पाउनु भन्ने विषयमा सरकार त लागेकै छ।
ठेकेदारहरुले समयमै काम पुरा नगरेको विषयमा के भन्नु हुन्छ?
यसमा सरकार अझै कडा हुन जरुरी छ। प्रधानमन्त्रीले सम्वन्धित मन्त्रलायलाई कामको ढिलाइ किन भएको छ भनेर निर्देशन दिन जरुरी छ। जिम्मा पाएकाहरुलाई काम किन हुन सकेन भनेर अनुगमनमा जानुपर्छ। समयमा काम किन हुन सकेन, काम किन राम्रो भएन यो जनताको पनि प्रश्न हो। ठेकेदारलाई बचाइयो नभनौं। ठेकेदारलाई खबरदारी गर्ने काम सरकारले गरिरहेको छ।
फेरी हाम्रो कामको शैली, भौतिक पूर्वाधार, निर्माण व्यवसायीसँग भएका सामाग्रीहरु र हाम्रो इन्जिनियरिङ प्रणालीले तीन चार महिनामा नै एकै पटक परिवर्तन गर्न सक्ने अबस्था छैन। काम गरिरहेकालाई सकुसल सिफ्ट गरेर काम त गराउनै पर्छ। काम नगर्नेलाई राजनीतिक प्रोटेक्सन हुन हुन्न र त्यो छैन। भएको छ भने त्यो सार्वजनिक गर्नुपर्छ। गल्ती गरेको व्यक्तिलाई राजनीतिक कभरमा जोगाउने, राज्यलाई ठग्ने जनतालाई धोका दिनेलाई सार्वजनिक गर्नै पर्छ।
काम नभएका विषयमा तपाईहरु किन संसदमा कुरा उठाउनु हुँदैन ?
हामीले कुरा उठाइरहेका छौं। संसदमा सवाल जवाफको सेसन पनि छ। प्रधानमन्त्रीले हिजो पनि सांसदले उठाएका कुराको जवाफ दिनु भएको छ। जनताको अपेक्षा अनुसार सरकारको कार्यसम्पादन कम भने छ। कामको विषयमा पार्टीको बैठकमा समिक्षा गर्दै फास्ट ट्रयाकमा कामहरु अगाडि बढाउने विषयमा छलफल चलेको छ।
पार्टीको प्रसंग तर्फ जाउँ, माथी जसरी एकता भयो त्यो तल जान सकेको देखिएन नि ?
त्यस्तो होइन। एकै पटक धेरै कामको लोड परेको हुँदा त्यस्तो देखिएको हो। पहिलो लोड भनेको सातवटा सरकारको निर्माणको विषय हो। प्रदेशको संरचना हाम्रोमा नितान्त नयाँ हो। पार्टीमा प्रदेशको संरचना, सातवटा सरकारको निर्माण, त्यहाँ प्रशासनीक विन्यास, यसो हुँदै गर्दा पार्टी एकता पनि भयो। यस्तो बेलामा नेतृत्वले समय लिएर छोचोल्न पर्ने हुन्छ। सबैले गर्छु भनेर पनि हुँदैन। पार्टीमा मनमुटाव भएको नभनौं। पार्टी जीवनमा वहस हुन्छ, छलफल हुन्छ कहिलेकाँही अविश्वास पनि हुन्छ।
माधव नेपाल त असन्तुष्ट देखिनु भएको छ नि ?
माधव नेपालले पार्टीको संस्थागत नेतृत्व छोडेर अलग अलग भेला गर्दै हिँड्नु हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन। प्रतिवेदन बनाउने कार्यदलमा उहाँ र म सँगै थियौं। उहाँमा फरक प्रकारको परिपक्वता छ। आफुलाई मायाँ गर्ने साथीहरुको बचाउन गर्नु भए होला त्यो त जहाँ पनि हुन्छ नि। बाहिर पत्रपत्रिकामा आए जस्तो विषय होइन।
तल्ला कमिटीको एकताबारे प्रतिवेदन दिने विषयमा समय थप भइरहेको छ ?
१ र २ नम्बर प्रदेश ले प्रतिबेदनको प्रारम्भिक रिपोर्ट दिन सकेका छैनन्। अरु बाँकी प्रदेशले दिएका छन्। दिएका रिपोर्टहरु पनि पूर्ण छैनन्। त्यसैले कार्यदललाई अझै मिलाएर प्रतिवेदन देउ भनिएको हो। यसले अलिकति ढिलाई भएको हो। दोस्रो बाँकी रहेका प्रदेशले पनि आफ्नो प्रतिवेदन दिँदैछन् र एक दुई दिन भित्र नै स्थायी समितिमा दिने रिपोर्टको प्रतिवेदन बन्दै छ।
भारत जानु अघि प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउने संकेत गर्नु भयो, उहाँको उत्तर-दक्षिण भ्रमण शक्ति संचयको लागि त हैन ?
पार्टीबाट लुकेर कतै गइयो भने त्यो अपारदर्शी हुन्छ। उहाँ त पत्रकार सम्मेलन गरेर नै जान्छु भन्नु भएको छ। पार्टीमा आधिकारिक जानकारी दिनु भएको छ। त्यसैले यसलाई कुनै लविङको लागि भन्नु हुँदैन। नेपाल भारत सम्वन्ध, दुई ठूला छिमेकीबाट नेपालको हितमा हुन सक्ने कामको विषयमा वातावरण बनाउन कसरी सकिन्छ भनेर नै उहाँ जान लाग्नु भएको हो।
प्रधानमन्त्रीको छलफल औपचारिकरुपमा हुन्छ। पार्टीको अध्यक्षले गर्ने छलफल अनौपचारीक पनि हुन्छ। शक्ति आर्जनको लागि छिमेक धाउनु पर्दैन। दुई अध्यक्षबीच बुझाईमा समानता छ। केही विषयमा नमिल्न सक्छ त्यो पार्टीमा छलफल पछि हल हुने विषय हो।
ओलीजीले सपना धेरै देखाउनु भयो काम गर्न सक्नु भएन? सहमत ?
असहमत। समय छ बल्ल पाँच महिना भयो। काम हुन्छ।
पार्टी एकतामा देखिए जस्तो चिसोपन छैन ?
दुई अलग पृष्ठभूमिका पार्टीबीच एकता हुँदा चिसोपन हुन स्वभाविक हो। यो मिल्छ। महाधिवेशन सम्म यस्तो देखिन्छ।
पावर व्यालेन्स गर्न बामदेव गौतमलाई चुनावमा लैजान खोजिँदै छ यो पार्टीको आधिकारिक निर्णय हो ?
निर्णय भएको छैन। सदनमा हुन पाए हुन्थ्यो भन्ने चाहना उहाँमा छ। त्यो स्वभाविक हो। मेरो व्यक्तिगत सुझाव केही समय उहाँले पर्खिँदा राम्रो हुन्छ।

मालिकको अनुमति बिनै कामदारले कतार छोड्न पाउने

 कतारमा कार्यरत आप्रवासी कामदारहरुले काम छोडेर आफ्नो देश फर्किन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारमा मानव अधिकार हननका घटना बढेको तथा श्रमिकका पक्षमा सुनुवाई नभएको व्यापक गुनासो बढिरहँदा कतार सरकारले विद्यमान कानुनमा परिमार्जन गर्दै अब मुलुक छोड्ने अधिकार पूर्णरुपमा कामदारमा निहित गरिदिएको हो । कतारका आमिरले विद्यमान कानुनको १३ नम्बर बुँदाका केही प्रावधान संशोधन गरेको अन्तर्राष्ट्रिय संचार मध्यमहरुले जनाएका छन्  ।  तर यो कानुनले अझै पनि कतारमा कार्यरत १ लाख ७४ हजार घरेलु कामदारलाई न छोएका कारण कम्पनि मालिकको अनुमति बिना उनीहरु स्वदेश फर्कन भने पाउने छैनन् ।
कतारले विवादित ‘एक्जिट भीसा’ सम्बन्धि नियम हटाउने विधेयक मंगलबार पारित गरेको छ । तर उक्त संशोधित कानुन कहिले देखि कार्यान्वयनमा आउने भन्ने कतै उल्लेख नगरिएको कतारमा कार्यरत नेपाली व्यवसायी महेन्द्र चौलागाईंले बताए । नागरिक सँग टेलिफोनमा कुरा गर्दै चौलागाईंले भने-” शंसोधित कानुनले नेपालीलाई मात्र होइन कतारमा काम गर्ने सबै कामदारलाई फाइदा पुग्छ । तर यो कानुन कहिले देखि लागु हुने भनेर मिति तोकिएको छैन । यद्यपि कतार सरकार कामदारको पक्षमा काम गरिरहेको र प्रतिवद्द छ भन्ने उदाहरण हो यो ।”
संशोधित व्यवस्थाले अब कतारमा कार्यरत  १५ लाख विदेशी कामदारहरुले कन्ट्राक्टमा उल्लेखित समयसम्म वा अस्थायी रुपमा कतार छाड्ने स्वतन्त्रता पाउनेछन् । २०२२ को विश्वकपका लागि आवस्यक भौतिक संरचना निर्माण कार्यलाई मध्यनजर गर्दै कफला प्रणालीमा व्यापक परिमार्जन गर्नुपर्ने आवस्यकता श्रमिक संगठनहरुले औल्याएका छन् । नेपालीका लागि दोस्रो ठुलो गन्तव्यका रुपमा चिनिएको कतारमा हाल करिब ४ लाख नेपालीहरु कार्यरत रहेको अनुमान छ ।

ओली सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

दुईतिहाई बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएसँगै पेट्रोलियम पदार्थ बढेको बढ्यै छ। फागुनमा सरकार बनाएका ओलीको कार्यकालको १ सय दिनभित्रै ५ पटक मूल्य वृद्धि भएपछि चर्काे विरोध भएको थियो। विरोध मात्र होइन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले त सडक आन्दोलन नै गरेको थियो। त्यतिबेला सत्तारुढ दलका भातृ संगठन मूल्यवृद्धिको विरोध गर्न नहुने धारमा उभिएका थिए। चौतर्फी आलोचना भएपछि सरकारले मूल्य समायोजन गरेको थियो। तर बुधबार फेरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

‘हजूर मेरो त चिल्ली बिल्ली पारिदियो’

‘मेरो त चिल्ली बिल्ली पारिदियो हजुर । अब केहि रहेन’ यस्तै भन्दै थिइन अर्जुन भण्डाराकी आमा शिवकला भण्डारा।
महाराजगंज मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसियुमा पुग्दा शिवकलाले यस्तै सुनाइन। भाद्र ७ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा चर्किएको आन्दोलनमा प्रहरीले हानेको गोली लागेर अर्जुन भण्डारा घाइते भएका थिए । दाँया खुट्टामा लागेको गोलीको असर र धेरै रगत बगेका कारण उनको खुट्टा नै काट्नु परेको छ।
शिवकला छोरालाइ हेर्न भनी भदौ १८ गते काठमाण्डौ आएकी हुन्। महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा गोली लागेर रगताम्य देख्दा आफुलाई सम्हाल्न नसकेकी शिवकला छोरोलाई काठमाण्डौ अस्पताल पुर्याएको खवरसमेत अरुबाट सुनेकी थिइन्।
उनका दुःखका दिन कहिले पनि सकिएनन् । पन्ध्र वर्ष अघि श्रीमान गुमाएकी शिवकलाले दुई छोरीहरुको चाडै विवाह गराइनन् । तीन जना छोरा पढाउने आर्थिक भार उनकै काँधमा थियो । समान्य साक्षर । दैनिक गुजारा चलाउने साहारा एउटा सानो पसल मात्र छ । जेठो छोरा योगेन्द्रले भाइको पढाइ राम्रो भएका कारण आफ्नो पढाइ छोडे । अर्जुनलाई पढाउने भन्दै योगेन्द्रले भर्खरै व्यापार सुरु गरेका थिए ।
शिवकलाका सबैभन्दा कान््छो छोरा ११कक्षामा पढ्छन् । अर्जुन १२पास गरेर इन्जिनियर पढ्ने तयारीमा थिए । उनले परिक्षाका लागि फारम पनि भरेका थिए । शिवकला भन्दै थिइन् ‘खाना खाएर बसेको छोरा । साथीले घुम्न जाउ भनेर निस्कीएको थियो । बजार पुग्ने बित्तिकै गोली लाग्यो भनेर छिमेकीले भन्यो’ अस्पतालमा छोराको छटपटी देखेर उनी आफै बेहोस भइन् ।
आन्दोलनकै क्रममा भदौं ७ गते प्रहरीले गोली चलाउँदा अर्जुनसँगै ५ जना आन्दोलनकारी र २ जना प्रहरीसमेत घाइते भएका थिए । प्रहरी भने आन्दोलनकारीको ढुंगा लागेर घाइते भएका थिए। अर्जुनसँगै घाइते भएका केही उपचारपछि घर गइसकेका छन् भने एक जना शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन भएको थियो। आन्दोलनका क्रममा भदौं ८ गते १३ वर्षीय बालक शन्नी खुनाको मुत्यु भएको थियो ।
शिवकलाका आँशुसँगै धेरै गुनासो पनि थिए । प्रहरीले चलाएको गोली लागेर दाँया खुट्टा गुमाएका अर्जुनले जीवनभर अरुको भरमा बस्नु पर्ने भयो । उसको इन्जिनियर बन्ने सपना अधुरै रह्यो । त्यत्तीमात्रै होइन बलत्कारमा परेकी गरिवको छोरीले कहिले न्याय पाउदैनन् ? प्रहरीलाइ अब कसरी विश्वास गर्ने? जनतालाई गोली किन हानियो ? अहिलेसम्म बलात्कारी किन पक्रेको छैन, उनी प्रश्न माथी प्रश्न तेर्साउदै थिइन्।’ यी प्रश्नको उत्तर अन्योलको भुमरीभित्रै छ।
मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार अर्जुनको अवस्था सुधारउन्मुख छ।
खुट्टाको अपरेशन गर्दा बेहोस बनाएका अर्जुनको १४ दिन वितिसक्दा पनि होस आएको छैन ।निर्मला पन्तको वास्तविक बलत्कारी र हत्यारा ४२ बितिसक्दा पनि अझै प्रहरीले पत्ता लगाउन सकेको छैन।

दृष्टिविहीनको सौन्दर्य प्रतियोगिता

रत्न राज्य कलेजमा स्नातक तहमा अध्यन गर्दे गरेका कृष्ण दाहाल जन्मजात दृष्टिविहिन हुन् । सेतो छडीको साहाराले आफ्नो गन्तव्य पहिल्याउदै आएका उनलाई साथीहरु कहिले काही हैण्डसम भन्थे । तर उनी पत्यादैनथे । उनलाई जिस्काए झै लाग्थ्यो । यसलाई प्रमाणि गर्न उनी आफुलाई एैनामा नियाल्न पनि सक्दैन थे ।यिनै कृष्ण, कृष्णअष्टमकी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बिजेता बने । मिस्टर फेसन आइकनमा बिजेताभएका उनी हातमा ट्रफि लिएर लजाइरहे ।
केही बर्षअघिसम्म दृष्टिविहिनले कल्पना समेत नगरेको यस्तो प्रतियोगितामा उनीजस्तै ३६ जना सहभागी थिए । सहभागीले पेश गरेका तस्बीरको आधारमा उनीहरुलाई छानिएको हो । मिस नेपाल निकिता चाण्डक सहितको टोली निर्णयक मण्डलमा थियो ।निकितालाई पनि पहिलो पटक यस्तो प्रतियोगितामा निर्णायक बन्न कम्ता अफ्टेरो परेन् । तर उनलाई खुसी मिलेको छ ।

त्यसै गरि प्रतियोगितामा मिस फेसन आइकनमा बिजेता बनेकी साँखु सुन टोलकी कक्षा १० मा अध्यनरत रिया श्रेष्ठ पनि निकै खुसी थिइन् । कृष्णलाई जस्तो उनलाई पनि साथीहरुले राम्रि त भन्दा रहेछन् तर उनी पत्याउन मुश्किल पर्थ्यो ।आयोजक संस्थाकी अध्यक्ष श्रृष्टि केसीले दृष्टिविहिन कुनै कुरामा पनि पछि छैनन भन्ने देखाउन चाहेको बताइन् ।
‘केही समय अगाडीसम्म रहेको सौन्दर्यको एक थरी परिभाषा बदल्नु छ,’ उनले भनिन्, ‘यसको दायरालाई फराकिलो बनाउने काममा लाग्न पाउँदा खुसी लागेको छ ।’

दुई अर्ब बढी खर्च भएको बिमस्टेक सम्मेलनबाट नेपालले के पायो?

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन भर्खरै काठमाडौँमा सम्पन्न भयो।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारतनेपालबंगलादेशभुटानश्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार सदस्य छन्। सरकारी अधिकारीहरुको भाषामा चौथो बिमस्टेक सम्मेलन भव्य रुपमा सप्पन्न भयो। वास्तबिकता के हो तअझ महत्वपूर्ण कुरा त २ अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको सम्मेलनबाट नेपालले चाहिँ के पायो तचार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?

उत्तम सञ्जेलको तीन सय रुपैयाँको आदर्श विवाह !

समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।

उनको विहेमा १० जना जन्ती सहभागी थिए भने ३ सय रुपैयाँ मात्र खर्च भएको छ। जन्ती जानेमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, सुवास घिमिरे, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत छन्।

“बिरामी मार्ने“ मुलुकी ऐनको विरोधमा डाक्टरहरु सडकमा// देशैभर स्वास्थ्य सेवा ठप्प

चिकित्सकहरुले भर्खरै कार्यान्वयनमा आएको मुलुकी ऐन संशोधन नभए स्वास्थ्यकर्मीमात्र नभई विरामी पनि समस्या पर्ने चेतावनी दिएका छन्। पछिल्लो कानुनले कुनै छानविन विना नै डाक्टर जेल जानुपर्ने र यसले विरामीको ज्यान खतरामा पर्ने उनीहरुको चेतावनी छ।
ऐन संशोधनको माग गर्दै आइतवारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले ऐन नसच्याएमा आफूहरु र विरामी दुवै पक्ष अप्ठ्यारोमा पर्ने बताए।
चिकित्सा स्वास्थ्य शिक्षा सुधारका लागि लड्दै आएका सामाजिक अभियन्ता प्रा.डा. गोविन्द केसीले चिकित्सक र स्वास्थ्यकर्मीहरु जवाफदेही हुनुपर्छ भनेर कसैले सिकाउन नपर्ने तर्क गरे।
‘अहिले आएको कानुन यथार्थको धरातलमा टेकेर होइन, यतिकै थोपार्न खोजेको छ, यसले चिकित्सक, स्वास्थ्यकर्मीलाई मात्र होइन विरामीलाई नै वाधा पुग्नेछ, दुःख पाउँछन्’, डा केसीले नागरिकन्यूजसँग भने।
उनले पछिल्लो कानुन फिर्ता लिनुको विकल्प नभएको धारणा राख्दै भने, ‘गाउँका हेल्थपोस्टदेखि लिएर काठमाडौंका ठूला अस्पतालसम्म विरामीको ज्यान खतरामा पर्छ, विरामी अपाङ्ग हुने सम्भावना हुन्छ, त्यसकारण यो कानुन फिर्ता लिनुपर्छ।’
उनले डाक्टरको मानवीय त्रुटिका कारण गम्भीर समस्या आएमा छानविन गरेर सत्य तथ्य पत्ता लगाउने कानुनी प्रावधान विकास गर्नपर्नेमा जोड दिए।
‘यो कानुन रह्यो भने डाक्टरले जोखिम लिन चाहँदैन। जोखिम लिएर ज्यान बचाउने, अंग बचाउने काम उसले गर्न चाँहदैन, किनभने ५ वर्ष जेल लेखिदिएको छ’, उनले भने, ‘विरामीले आफ्नो उपचार मन नपरेदेखि वदनियतपूर्ण र लापरवाही हो भनेर मुद्दा हाल्ने प्रावधान छ। तर, लापरवाही गरेको हो भन्ने सत्य तथ्य पत्ता लगाउन न त कानुनी तर्जुमा छ, न त निकायको नै व्यवस्था छ। अनि कसरी जोखिम लिन सक्छौं? यसले विरामीलाई नै अप्ठेरो पर्छ।’
गुणस्तरीय स्वास्थ्य शिक्षा, अस्पताल, मेडिकल कलेजको देशभर न्यायोचित वितरणका लागि आफूहरु गाउँको हेल्थ पोस्टदेखि लडिरहेको भन्दै चिकित्सकको माग सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।