आफ्नो जीवन बारे प्रचण्डको यस्तो खुलासा

‘ग्यास्ट्रिकले झुक्याउला, डिम्बाशयको क्यान्सर पनि हुनसक्छ’

डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्। रोगले च्यापेपछि मात्र अस्पताल पुग्ने हुनाले धेरैले उपचार पाउँदैनन्। शल्यक्रिया नै गर्न नसकिने भएपछि वा अन्यत्र फैलिएपछि मात्र अस्पताल पुग्दा सम्भव हुने उपचार पनि पाउन नसकिने हुन्छ। त्यसैले ग्यास्ट्राइटिसले झुक्याउला, डिम्बाशयको परीक्षण गरेर ढुक्क भएर बस्नुपर्छ।

महिलालाई हुने प्रमुख चार थरिका क्यान्सर रोगहरुमा पाठेघर, स्तन, फोक्सो र डिम्बाशयको क्यान्सर पर्दछन्। कुल क्यान्सर रोगीमध्ये ३ दशमलव २ प्रतिशत महिलालाई डिम्बासयको क्यान्सर हुने गरेको छ। क्यान्सर रोगीको संख्या दिनहुँ बढ्दो छ।

आधुनिक जीवनशैलीको आहाराले पनि यो रोगलाई सघाएको छ। मोटोपना भएका व्यक्तिहरुमा यसको जोखिम उच्च छ। यसैगरी बाँझोपनबाट पिडित महिलाहरु पनि डिम्वाशयको क्यान्सरको जोखिम समूहमा पर्दछन्। स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर पारिवारिक रुपमा सर्ने प्रकृतिको हुन्छ। डिम्बाशयको क्यान्सरबाट बाँचेकाहरुको उमेर अवधि पाँच वर्षको मात्रै हुन्छ।

विरेन्द्र केसी फेरि छानविन समितिमा किन फर्किए?

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा अाज फिर्ता लिए।

गृहमन्त्रालयका  सहसहचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको उच्चस्तरीय छानविन समितिले १५ दिनमा अभियुक्त पहिचानमा खासै काम  गर्न नसकेको, पीडितलाई न्याय दिनसक्ने अवस्थामा आफू र समिति नरहेको भन्दै उनले सोमबार पत्रकार सम्मेलन गरेरै राजीनामा घोषणा गरेका थिए।

तर राजीनामाको २ दिन भित्रै उनले समितिमा फर्कने बताए। बुधबार गृहमन्त्री रामबहादुर थापा(बादल) र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतसँगको २ घण्टा लामो छलफलपछि उनी समितिमा फर्कने निर्णय गरेका हुन्।

प्रमुख जिल्ला अधिकारीको गाडीमा घटनास्थलमा गएका बेला एकजनाले मनोवैज्ञानिक त्रास दिएको उनको भनाइ छ। बुधबार पत्रकार समक्ष उनले भने, ‘मेरो गृहमन्त्री लगायतसँग दुई घण्टा वार्ता भयो। उहाँले तपाईको जिउज्यानलाई असुरक्षा भए काठमाडौँ बसेर काम गरे हुन्छ भन्नुभयो। सबैको धारणा निर्मलाले न्याय पाउनु पर्छ भन्ने नै हो। त्यसैले म समितिमा फर्कने निर्णय गरेको हुँ।’

दोषी पत्तालगाई कारवाही गर्ने विषयमा एकमत कायम भएकाले राजीनामा फिर्ता लिएको केसीले जनाएका छन्। उनले राष्ट्र सेवकको अनिवार्य कर्तव्य बोध गर्दै समितिमा यथावत रही छानविन कार्यमा संलग्न हुने जनाएका छन्।

केसी प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्दै समितिमा सदस्यका रुपमा चयन भएका हुन्।

न्याय माग्दा उल्टै थर्काए : निर्मला पन्तका बुवा

बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले शंकाको घेरामा रहेकालार्इ बचाउने नियतले झुठो बोलेको आरोप लगाएका छन्। न्याय खोज्दै बुधबार मात्र काठमाडौँ आएका यज्ञराजले प्रधानमन्त्रीले भनेजस्तो आफूहरु अरुको बहकाउमा लागेर आन्दोलन नगरेको स्पष्ट पारे।
उनले रोशनी बमको दिदीबहिनी, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर, तत्कालीन एसपी डिल्लीराज बिष्टको छोरा, निर्मलाको साइकल भेटाउने चौधरी थरका ब्यक्ती माथि शंका रहेको बताए। घटनाको अनुसन्धानका क्रममा सिआइबीका मानिसले उल्टै आफूलार्इ थर्काएको र आफ्नो घर तलासी गरेको उनकाे गुनासो छ। पन्तले आफूले न्याय नपाएसम्म कञ्चनपुर नफर्किने समेत स्पष्ट पारे।

वैदेशिक रोजगार सूचना व्यवस्थापन एकीकृत प्रणाली

लामो समयदेखि माग हुँदै आएको वैदेशिक रोजगार सूचना व्यवस्थापन एकीकृत प्रणाली आगामी असोज १५ देखि कार्यान्वयनमा आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी गराएको हो । वैदेशिक रोजगारीसँग सम्बन्धित सूचनामा सरकारी र गैरसरकारी निकायबीच अनलाइनमार्फत समन्वय गर्ने व्यवस्था यसमा मिलाइएको छ । यो प्रणाली कार्यान्वयनपछि वैदेशिक रोजगारीको क्षेत्रका समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीमा नयाँ कदम
– असोज १५ देखि एकीकृत सूचना प्रणाली
–म्यानपावरलाई बैंकमार्फत भुक्तानी
–वैदेशिक रोजगारीबाट फर्कनेको तथ्यांक राखिने
–स्वास्थ्य परीक्षण, अभिमुखीकरण पनि अनलाइनबाटै
–सरकारी निकायबीच समन्वय हुने
–असोज १५ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यो प्रणाली प्रयोगले बांगो नियत भएका व्यक्तिलाई सोझो बनाउन बाध्य पार्ने बताए । ‘प्रणाली सुरु गर्नेबारे गृह, परराष्ट्र र श्रममन्त्री तथा सचिवबीच पर्याप्त छलफल गरिएको छ,’ विष्टले भने, ‘एकीकृत सूचना प्रणालीले वैदेशिक रोजगारीका विद्यमान समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।’

वैदेशिक रोजगार विभागको नियन्त्रणमा रहने प्रणालीले अध्यागमन, राहदानी विभागका साथै विदेशस्थित कूटनीतिक नियोग र कन्सुलर शाखाको सूचनामा पहुँच राख्ने बताइएको छ । यस्तै कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर, स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल तथा अभिमुखीकरण संस्थाले समेत अबदेखि अनलाइनबाटै आर्थिक कारोबार र आफ्ना सेवा प्रदान गर्नुपर्नेछ ।

श्रम मन्त्रालयका सचिव महेश दाहालले पूरै समस्यामा रहेको वैदेशिक रोजगारीलाई सुधार गर्न एकीकृत सूचना प्रणाली सुरु गरिएको बताए । उनले केही समयसम्म एकीकृत सूचना प्रणाली मन्त्रालय भित्रका कर्मचारी र अन्तरमन्त्रालय छलफल गरी असोज १५ देखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताए ।

उक्त प्रणाली कार्यान्वयनमा आएसँगै म्यानपावरहरूले कामदारको पूर्वस्वीकृति, अन्तिम स्वीकृति र कामदारसँग लिने रकम पनि अनलाइनको माध्यमबाट बैंकिङ च्यानलमार्फत लिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागका इन्जिनियर राजु श्रेष्ठका अनुसार बैंकिङ कारोबारका लागि हाललाई ६ वटा बैंक चयन भइसकेका छन् ।

सरकारले तीन वर्षअघि खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । सेवा शुल्कबापत प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म लिन पाइने सरकारी नियम भए पनि म्यानपावरहरूले तोकिएभन्दा निकै बढी रकम असुलिरहेका छन् ।

एकीकृत सूचना प्रणालीको कार्यान्वयनपछि निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन हुनेमा धेरै आशावादी देखिएका छन् । तर, कतिपयले एकीकृत सूचना प्रणालीलाई सहज रूपमा कार्यान्वयन हुन दिइनेमा आशंका जनाएका छ । उक्त प्रणाली तयारीका लागि मन्त्रालयले पछिल्लो चार वर्षदेखि सामी हेल्भेटासको सहयोगका काम गरिरहेको थियो ।

दुई वर्षअघि नै एकीकृत प्रणालीको केही काम सकिए पनि वैदेशिक रोजगारीबाट फर्कनेको विवरण राख्ने व्यवस्था छुटेका कारण प्रणालीलाई थप अपडेट गरिएको हो । अब वैदेशिक रोजगारीमा जानेको मात्र नभई फर्कनेको विवरण पनि सोही प्रणालीबाट थाहा हुनेछ । हालसम्म वैदेशिक रोजगारीबाट फर्कनेको विवरण राख्ने प्रचलन नभएका कारण कति नेपाली विदेशमा छन् भन्ने यकिन तथ्यांक भेट्न सकिँदैन ।
वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिनेको मात्र तथ्यांक छ । ‘हाल वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिए पनि त्यस्ता व्यक्ति विदेश गए÷नगएको यकिन गर्न गाह्रो हुन्थ्यो,’ विभागका कम्प्युटर इन्जिनियर श्रेष्ठले भने, ‘अब भने विदेश गएको मात्र नभई फर्कनेको पनि यकिन तथ्यांक जुटाउन सहज हुनेछ ।’

वैदेशिक रोजगारीलाई मर्यादित र पारदर्शी बनाउन गतिलो व्यवस्थित प्रणाली आवश्यक रहेको बेला मन्त्रालयले सुरु गरेको उक्त प्रणालीलाई जसरी पनि कार्यान्वयनमा लैजानुपर्ने धेरैको माग छ । कतिपय सर्वसाधारण भने कर्मचारीकै व्यवहारले उक्त प्रणाली कार्यान्वयन हुँदैन कि भन्ने आंशका समेत गर्छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले असोज १५ गतेपछि व्यवसायीले कर्मचारीलाई भेट्न नपरोस् भन्ने चाहना रहेको बताए । विभागले प्रदान गर्ने सबै सेवा वैदेशिक रोजगारी मोबाइल एपबाट समेत उपभोक्ताले प्रयोग गर्न पाउने बताइएको छ।

ओमप्रकाश मिश्र : कानून अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेपालका २८ औं प्रधानन्यायाधीश हुन्। उनले सोमबार पद तथा गोपनीयताको सपथ लिएसँगै न्यायालयको कमाण्ड सम्हाले। रुपन्देहीमा जन्मिएका उनी २०३८ सालमा कानून अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनको व्यवसायीक अनुभव र शिक्षालाई समेटेर हामीले भिडियो बनाएका छौं।

महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवत्ता

पछिल्लो समय देशैभर बलात्कारका घटना बढीरहेका छन् । कति घटना दबाउन त प्रहरीकै मिलोमतो रहेको स्थानीयको आरोप छ । कंचनपुरमा भएको निर्मला पन्त बलात्कार पछि हत्याको घटना र प्रहरीसँग जोडिएका अन्य घटनालाई जोडेर नेपाल प्रहरी प्रवक्ता शैलेस थापासँग गरिएको कुराकानी:

पछिल्ला दिनमा देशभर बढेका बलात्कारका घटना अनि त्यसमा प्रहरीको निष्पक्षतामा उठेका प्रश्नलाई प्रहरी हेडक्वाटरले कसरी हेरेको छ ?

यदाकदा प्रहरीबाट लापरबाही भएको कुरा पक्कै हो तर हामीले यो बिषयलाई पहिलेदेखि गम्भीर रुपमा हेर्दै आएका छौ र त्यस्ता मुद्दाहरू हेर्न महिला तथा बालबालिका सेवा निर्देशालय नै खडा गरिएको छ । संगठन भित्र रहेका विभिन्न सेल र ब्युरो मार्फत त्यस्ता घटना छानबिन गर्न हामी लागि पर्दै आएका छौ र गल्ती गर्ने प्रहरी अधिकृतहरुलाई हामी दण्डित पनि गरिरहेकै छौ ।

 

प्रहरी अधिकृत नै कारबाहीमा परेको कुनै उदाहरण छ ?

छ । दरबार मार्गको घटनामा हामीले डीएसपी र इन्स्पेक्टर लगायतलाई विभागीय कारबाही गर्यौ, सुनसरीको घटनामा तत्कालिन एसपी लाई नै निलम्बन गर्यौ । कन्चनपुरकै घटनामा पनि प्रहरी अधिकारीहरु कारबाहीको दायरामा छन् । हामी अनुसन्धान गरिरहेकै छौ । गल्ती गर्ने प्रहरीलाई हामी कठोर सजायँ दिनमा ढिला गर्दैनौ ।

 

यस्ता घटनाहरु बढ्नुको कारण चै के होला?

दर्ताको हिसाबले हेर्दा यो चेतना स्तरको वृद्धि नै हो, त्यसमा पनि हामीले हाम्रो संगठन भित्र महिला अस्मिताका बिषयमा आउने उजुरीहरु मिलापत्र गर्न हुदैन भनेर संदेश प्रवाह गरेका छौ । खासगरी त आजभोली महिलाहरुले हिंशा सहन हुँदैन भन्ने ज्ञानको वृद्धि नै हो, अपराधका घटनाहरु प्रहरी समक्ष पुर्याउ भन्ने चेतना नै हो । तेश्रो कारण भनेको अनियन्त्रित इन्टरनेट प्रयोग हो, अपरिपक्व किशोर किशोरीहरुले के कुरामा समय बिताउँछन भन्ने कुरामा अभिभावकको चासो शून्य प्राय छ । सामाजिक संजालको दुरुपयोग र अधिक प्रयोगले पनि यस्ता घटनालाई बढावा दिएको हो । र चौथो कारणमा एकल परिवार हो । पारिवारिक माहोल कम रहने र अभिभावकत्व कम हुँदा पनि यस्ता घटना बढेका छन । श्रीमान् वा श्रीमती वैदेशिक रोजगारमा जाँदा घरमा अभिभावकको खाचो हुन्छ ।

 

तर जनताले प्रहरीले केही गरेन भन्ने आरोप लगाउने गरेका छन् । घटनाहरु दिनानुदिन बढिरहेकै छन् के गर्दै छ प्रहरीले ?

प्रहरीको मुख्य र एकल भूमिका अनुसन्धान नै हो तर यस्ता घटना रोकथाममा भने सबैको चासो हुनु पर्ने देखिन्छ । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ । विद्यालय,आमा समूह, संचार माध्यम, राजनैतिक दल मन्त्रालय लगायत सबैले सहयोग गरे यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ । यसमा हामीले जनताको घर घरमा पुग्न कुनै कसुर बाकि राखेका छैनौ ।

 

अनुसन्धान माथि प्रश्न आउने गरेको छ नि ? पछिल्ला धेरै केस दबाउन प्रहरी नै मिलेको कुरा बाहिर आएको छ । स्थानीयले प्रहरीको निष्पक्षता माथि पनि प्रश्न गरेका छन् ?

अनुसन्धानको प्रशंगमा हामी माथि आउने आरोप साँचो हो । तर अहिलेको समयमा प्रहरीले कसैलाई फसाउने कुरा सम्भव छैन । विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेका छौ । बिना सबुत कसैलाई दोषी करार गर्न सकिने अवस्था छैन । अनुसन्धानलाई चुस्त बनाउन कतिपय अवस्थामा डग स्निफिंग,पोस्टमार्टम, फोरेन्सिक ल्याबको प्रयोग गरिरहेका छौ । हाम्रो मुलुकमा अनुसन्धानमा तीन पक्ष सामेल हुन्छ । प्रहरी अनुसन्धान, सरकारी वकिल र जिल्ला अदालत, सरकारी वकिललाई हामीले गरेको अनुसन्धानमा शंका लागेमा प्रश्न उठाउन सक्ने अधिकार पनि हुने भएकाले कसैले गलत नियत राखी निर्दोष नागरिकलाई फसाउने कुरा सम्भव छैन ।

 

तर अमुक व्यक्तिका छोरा वा भतिजा जोगाउन प्रहरी लागेको आरोप पनि छ ?

त्यस्तो होइन । प्रहरी आफैमा एउटा उच्च छवि बनाएको संगठन हो । व्यवसायिक अधिकृतहरुको संगठन हो । हामी त्यसमा आँच आउने गरि काम गर्दैनौ र गर्न दिदैनौ ।

 

जोगाउन नलागे पनि फसाउन लागि परेका आरोप त प्रशस्तै होलान ?

सम्भव छैन, फिंगर प्रिन्ट र डीएनए परीक्षणको युगमा यी आरोप मिथ्या हुन । प्रहरीले सबुत प्रमाण सहित अदालत पेश गर्दा पनि अदालतबाट प्रमाणित नभए बेइज्जत हुन्छ । अपराधि करार हुँदैन । प्रहरीकै बलमा कसैलाई आज अपराधि भनेर भोली छोड्ने भन्ने हुन्न ।

पहिरोको पीर: मुग्लिन-नारायणघाट सडक खण्डमा जे देखियो

राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सोमबार रातिदेखि परेको मुसलधारे वर्षाका कारण सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा ठूलो पहिरो खसेकाले बाटो खुल्न नसकेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सडकमा खसेको पहिरो हटाउने प्रयास भएपनि रुखसहित ठूलो पहिरो खसेकाले पहिरो पन्छाउन अझै केही समय लाग्ने आयोजना प्रमुख  रोहित कुमार विसुरालले बताए । सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुमा अधिकांश महिला रहेका छन् भने राजमार्गमा सिमित होटल भैदिंदा यात्रुहरुले खाना खानसमेत खान नपाएको गुनासो गरेका छन् । पहिरो हटाउन अझै केही घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राज्य र मानवअधिकारवादीले मलाई ठगे : गंगामाया

कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले आफूलाई राज्य र मानवअधिकारवादीले ठगेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘अब म भोलिदेखि अनशन बस्छु। राज्य र मानवअधिकारवादीले मलाई ठगे। यो देशमा न्याय पाइँदैन।’ उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छन्। ‘अब मैले बाँच्नुको केही अर्थ रहेन। बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ । मैले न्याय माग गरेकी थिएँ तर मलाई सरकार र अधिकारवादीले सधैं झुक्याइरहे’, जिल्ला अदालत चितवनले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेलसहितका १२ जनालाई सफाइ दिएपछि गंगामायाले आइतबार साँझ भनिन्। खुट्टा राम्ररी चलाउन नसक्ने गरी कमजोर भएकी ५७ वर्षीया गंगामाया छोराका हत्याका अभियुक्तलाई अदालतले सफाइ दिएपछि झनै शिथिल भएकी छन्। उनले अब आफू कसैसँग बोल्दा पनि नबोल्ने बताइन्। उनले अघिल्लोपटक गलत आश्वासनमा परेर अनशन तोड्ने अवस्थामा पुगेको बताइन्। ‘मेरा छोराका हत्यारालाई आज अदालतले सबैलाई सफाइ दिएको सुनें । अब म केका लागि बाँच्नु? बाँच्दिनँ,’ गंगामायाले भनिन्। कृष्णप्रसाद हत्याका आरोपितमध्येका एक छविलाल पौडेललगायतका आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले पछिल्लोपटक अनशन तोडेकी थिइन्। ‘अब त संघर्ष गर्नुको पनि केही अर्थ रहेन। अबका मेरा कदम न्यायप्रतिको संघर्ष हुने छैन । अब यिनले के न्याय देलान् र? मेरो मृत्यु पनि मेरो पतिको जस्तै दयनीय हुनेछ,’ उनले भनिन्।

गाउँ गाउँमा करको करकर

मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारको अवधारणा आयो। त्यसै अनुसार स्थानीय तहको निर्वाचनसँगै स्थानीय सरकारहरु बने। स्थानीय सरकारलाई आफुलाई आवश्यक स्रोत साधन जोहो गर्नुपर्ने दवाब बढ्दै गएपछि धेरै स्थानीय तहले जथाभावी कर लगाउने क्रम बढ्दै गएको छ। कति स्थानीय तहले पानीपुरी बेच्दादेखि साइकल चलाउँदाकृषि उत्पादनमा र खसी बख्रा बेच्दा समेत कर लागएको पाइएको छ। गाउँ गाउँमा सिंहदरवार‘,  खुशी नेपाली सम्वृद्व नेपालको नारा दिएर सत्तामा आएको वाम सरकारले करको भारी बोकाउन थालेपछि देशैभर जनता आक्रोशित भएका छन्। पहिले नागरिकले मुख्यत केन्द्र सरकारलाई मात्रै कर तिर्नुपर्ने ब्यवस्था रहेको भएपनी हाल प्रदेश सरकार र स्थानीय तहले पनि आफ्नो विवेकले कर लगाउन पाउने बाटो खुलेको छ। तर तीन तहको राज्यले एक अर्कासँग समन्वय नगरी कर लगाउँदा केहि ठाउँमा जनताले दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। जन आक्रोश बढ्नुको एउटा महत्त्वपूर्ण कारण स्थानीय तहले जनताको आर्थिक स्तरको हेक्कानै नगरी खानलाउन नै मुस्किल गरिब जनतामा कर थोपर्नु पनि हो।

दाहालको दिल्ली दौड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरे। चार दिने भ्रमणको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।
आइतबार स्वदेश फर्कँदै गर्दा उनले त्रिभुवन विमानस्थलमा यस प्रकारको उच्चस्तरीय भेटघाट कमै हुने भन्दै प्रतिक्रिया दिए। उनको ‘वडि ल्यांग्वेज’ले पनि भ्रमण र त्यसको उपलब्धिमा उनी सन्तुष्ट छन् भने देखाउँथ्यो। दाहालले विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत भेटेर भ्रमण सन्तुलन राख्ने प्रयास गरे। कतिपयले दाहालको भ्रमणलाई ‘शक्ति आर्जन’ को समेत संज्ञा दिएका छन्। तर नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भने यसलाई अस्वीकार गर्छन्। नागरिक न्यूजको संवादमा बोल्दै उनले शक्ति आर्जन गर्न छिमेक धाउन नपर्ने बताए। तर दाहालको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटतमहरु झस्किएको देखिन्छ। दाहाल भारत भ्रमण लगत्तै चीन जाने कार्यक्रम छ। दाहाल सचिवालयका अनुसार उनी असोज १ गते चीन जाने कार्यक्रम छ। अन्यकुरा यथावत रहेमा दाहालले भारत भ्रमण गरेको हप्तादिन भित्रै उत्तरी छिमेकमा समेत उच्चस्तरीय भेट गर्नेछन्।
भारत भ्रमणमा कुनै राजनीतिक एजेण्डा नभएको बताए पनि नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका प्रतिबद्धता स्मरण गराउन मात्र दाहालले चार दिन दिल्लीमा पक्कै विताएनन्। उनले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई समेत अन्तरक्रिया कार्यक्रममा पटक पटक उच्चारण गरेर ओलीलाई समेत सन्तुलनमा राख्ने प्रयास गरे।
भारत भ्रमणबाट फर्किएको भोलीपल्ट सोमबार दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटर पुगे। उनीहरुले त्यहाँ भ्रमणको समिक्षा गरेको भन्दै दाहालको नीजि वेभसाइटमा समाचार प्रकाशन भयो। त्यहाँ भनिएको छ, ‘ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ। आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो।’
नेपालको राजनीतिक वृतमा केही न केही गरिरहने नेताको रुपमा दाहालको छवी छ। उनी राजनीतिकमा शान्तरुपले बस्दैनन्। तर पार्टी एकतापछि प्राय: मौन देखिएका दाहाल एक्कासी सक्रिय भएका छन्। त्यो पनि दुई छिमिकीको भ्रमणसँगै।
पार्टीका तल्ला कमिटीहरुको समायोजन हुन सकिरहेको छैन। जिल्ला तहमा पनि एकतापछिको समायोजनमा विवाद देखिएको छ। पूर्व माओवादीलाई पाखा लगाउन खोजिएको भन्दै माओवादी वृत्तमा असन्तुष्टि छ। जनवर्गीय संगठनहरुको समायोजनले पनि पूर्णता पाएको छैन। यही समय दाहालको सक्रियतालाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रकाे नाम अनुमाेदन

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ।

आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मिश्रको नाम सर्वसम्मतीले अनुमोदन गरेको जानकारी दिए।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई सुनुवाई समितिले अस्वीकृत गरेको थियो। जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।