हाल निलम्बनमा परेका प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको शव जलाउन निकै दवाब दिएको उनका अभिभावकले खुलासा गरेका छन् ।
कंचनपुरका तत्कालिन सिडिओ कुमार बहादुर खड्का र एस पी बिष्टले त्यसपछि नाताले आफ्नो साला पर्ने तिर्थ राज भण्डारीको सहारा लिएर शव जलाउन दवाब दिएको निर्मलाको बुबा यज्ञ राज पन्तले बताए ।
आफुले केही गर्दा पनि नमानेपछि आफुलाई पागल घोषित गरेर १४ गते निर्मलाको शव जबरदस्ती जलाईएको निर्मलाका बाबुको आरोप छ । साउन १० गते साथी रोशनीको घर जादा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घरबाट केही टाढाको उखुबारीमा भेटिएको थियो ।