बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन भर्खरै काठमाडौँमा सम्पन्न भयो।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार सदस्य छन्। सरकारी अधिकारीहरुको भाषामा चौथो बिमस्टेक सम्मेलन भव्य रुपमा सप्पन्न भयो। वास्तबिकता के हो त? अझ महत्वपूर्ण कुरा त २ अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको सम्मेलनबाट नेपालले चाहिँ के पायो त? चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?