‘मैले बनाएको चित्र हेरेर सहयोग गरिदिनु होस्। मैलै बनाएको चित्र बेच्छु पनि, मूल्य रु २४० देखि माथि जति दिएपनि हुन्छ’, यो आग्रह हो शान्तिवाटिका, रत्नपार्कमा चित्र कोर्ने २१ वर्षीय आनन्द पासवानको। मागेर खानुभन्दा केही गरेर खानुपर्छ भन्ने सिद्धान्त बोकेका पासवान भारतको विहारस्थित समस्तीपुरबाट करिब एक दशकअघि नेपाल आएका हुन्। हात नभएर पनि चित्र कोरिरहेका पासवान भन्छन्, ‘१७÷१८ वर्षको केटाले म यस्तो उस्तो भनेर कागज लिएर मागिरहेको हुन्छ, दिने मान्छेले पनि त सोच्नुपर्यो नी उसलाई के भएको छ र जनताले पनि उनीहरुलाई हेर्नुपर्छ कि हाम्रो सहयागले के फरक पर्यो?’ गर्न नसकेपनि कहिलेपनि निराश हुनुहुँदैन भन्छन् पासवान। ‘यो जीवन एकचोटी मात्र पाउँछ र हामीले धेरै इच्छा नग¥यो भने धेरै खुसीपूर्ण जिन्दगी बाच्न सक्छौं’, उनी भन्छन्– ‘किनकी जिन्दगीमा धेरै चाहना गर्यो भने कहिले खुसी हुन सक्दैनौं। जस्तोसुकै हालतमा अपाङ्ग होस वा सपाङ्ग सन्तुष्टि छ भने जीवन जिउन एकदमै सरल हुन्छ जस्तो लाग्छ।’ पासवानका अनुसार चित्र कोरेर बस्ने उनलाई सहयोग गर्ने १०० मा ५ प्रतिशत मात्र हुन्छन्।